Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

विश्व पशु दिवसमा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप

डेक्स

डेक्स

विश्व पशु दिवसमा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १७ असोज । विश्व पशुपन्छी दिवसमा सामुदायिक कुकुर , बिरालोलाई रेविज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम गरि मनाइएको छ । 

पशुपन्छीले भोक प्यास मेटाउन पाउने स्वतन्त्रता , दुख दर्द घाइते र रोग लाग्नबाट बच्न पाउने स्वतन्त्रता , आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता , सामान्य व्यहार प्रस्तुत गर्न  पाउने स्वतन्त्रता र डर त्रास र तनाव बाट मुक्त रहन पाउने स्वतन्त्रता सहित पशुपन्छीले पनि बिमारी हुँदा उपचार पाउनु पर्छ यी सबै कुरा पशु अधिकार भित्र पर्छन् । 

आज विश्व पशुपन्छी दिवसको अवसरमा  एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय बर्दिया र सहयोगी पाईला संस्थाको सयुक्त आयोजनामा सामुदायिक कुकुर ,बिरालोमा रेबिज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताउनु भयो ।

सन १९२५ अर्थात लगभग ९३ बर्ष अघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले विश्वमै प्रथम पशु दिवस मनाएका हुन । सन १९२९ बाट औपचारिक रुपमै अक्टोवर ४ मा यो दिवस मनाउन थालियो । यस दिवसमा इटालियन सन्त अफ एसिसीको जन्म दिन पनि पर्न गएको हो । यी सन्तलाई ११औ शताब्दी बाट अहिलेसम्म पर्यावरण र पशु मैत्री समाज प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ । 

हरेक बर्ष अक्टोवर महिनाको ४ तारीखमा विश्व भरी पशु दिवस मनाईन्छ अनि पशु संगको मानवीय  दायित्व र सम्बन्ध लाई अन्त्रनिभर्ता संग ब्याख्या गरिन्छ । 

मानव अनि पशुहरु सबैका लागि यो संसार एउटा राम्रो ग्रह हुनुपर्छ भनेर आज पशु अधिकार संगठन र पशु  अधिकार कर्मीहरु एकै थलोमा भेला भएर पशु अधिकारका लागि वकालत गर्ने  प्रमुख ढकालको भनाई छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…