Pairabi logo

असोज २६, २०८३, सोमबार                    

फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगञ्जको तनाव

डेक्स

डेक्स

फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगञ्जको तनाव
ADVERTISEMENT

काठमाण्डौ १६ असोज । सामाजिक सञ्जालको प्रयोग कतिसम्म संवेदनशील छ भन्ने नेपालगञ्जमा उत्पन्न धार्मिक तनावले सिकाएको छ । सामाजिक सञ्जालमा लेखिएको जथाभावी टिप्पणीले बाँकेमा हिन्दू र मुस्लिम समुदाय आमने–सामने भएका छन् । जुनसुकैबेला दंगा भड्किने खतरा उत्पन्न भएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरभित्र अनिश्चितकालीन कर्फ्यू  लगाएको छ । 

तनावको निहुँ ठूलो छैन । ११ असोजमा मुस्लिम समुदाय मोहम्मद डेमा रमाइरहेको थियो । बाँके नरैनापुरका एक युवाले गाईको सन्दर्भलाई जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यो स्टाटसमा जाबुर्द यादवले मुस्लिम समुदायलाई पर्ने गरि कमेन्ट लेखेका थिए । न धेरै फलोअर्स थिए, न त लेख्ने व्यक्तिकै परिचय राम्ररी खुलेको थियो । तर, धार्मिक निन्दा गरिएको त्यो टिप्पणीबाट मुस्लिम समुदाय तरंगित हुनपुग्यो । सोही फेसबुक स्टाटसबाट बढेको तनाव बढ्दै जाँदा मंगलबार नेपालगञ्जमा दुई समुदायबीच झडप र कर्फ्यू लाग्ने स्थितिमा आइपुगेको छ । 

दुई समुदायलाई आमनेसामने ल्याउन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सराफत खानको मुख्य भूमिका देखिएको प्रहरी स्रोत बताउँछ ।

जथाभावी स्टाटसविरुद्ध खानको नेतृत्वमा १४ असोजमा एउटा पक्षले नेपालगञ्जमा प्रदर्शन गर्‍यो । सो पक्षले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडेपछि अर्को पक्ष बिरोधमा उत्रियो । 

यसैबीचमा खजुराखुर्दका युवाहरूले टिकटकमा हिन्दू समुदायप्रति गालीगलौंच गरेका भिडियो भाइरल भइसकेका थिए । जसपाबाट निर्वाचित वडाध्यक्ष खान स्वयं अर्को समुदायविरुद्ध उत्तेजना फैलाउनेगरी अभिव्यक्ति दिएपछि नेपालगञ्जमा योजनाबद्ध विरोध प्रदर्शनको तयारी हुन थाल्यो । सो घटनाबारे जसपाको आधिकारिक धारणा मागियो ।

वडाध्यक्ष खानले माफी माग्नुपर्ने अडान अर्को पक्षको रह्यो । तर, त्यसका लागि उनी तयार भएनन् । यी घटनाक्रमले उत्पन्न तनावबीच ओमकार परिवारले मंगलबार नेपालगञ्ज बन्द आव्हान गर्‍यो । ‘शान्तिपूर्ण’ र्‍याली निकाल्ने जानकारी स्थानीय प्रशासनलाई गराइयो । भिन्न समुदायबीच एकपछि अर्को प्रदर्शनले नगरको शान्तिसुरक्षा खल्बलिने विश्लेषणसहित स्थानीय प्रशासनले १५ असोजमा सर्वपक्षीय बैठक बोलायो ।

सो बैठकले सामाजिक तथा धार्मिक सद्भाव र्‍याली निकाल्ने निर्णय त गर्‍यो तर ओमकार परिवारको नेपालगञ्ज बन्द र प्रदर्शन रोक्न सकेन । मंगलबार बिहान नेपालगञ्जमा निकालिएको सद्भाव र्‍यालीमा केही धार्मिक अगुवा, राजनीतिक कार्यकर्ता, उद्योगी व्यवसायी सहभागी भए पनि उल्लेख्य सहभागिता भने देखिएन । दुई पक्षले भित्रभित्रै प्रदर्शन र प्रतिवादको तयारी गरिरहेको बुझ्न गाह्रो भएन ।

बागेश्वरी मन्दिर पूर्वी गेटबाट निस्केको ओमकार परिवारको जुलुस सेतु बिक चोक, धम्बोझीहुँदै वीपीचोक पुग्दासम्म शान्त नै थियो । जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग हुनपुग्यो । त्यसले दुई पक्षबीच झडपको स्थिति आयो । वीपीचोक र इदगाह रोडमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जन पटक हवाई फायर गरेको थियो ।

सो झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते पनि भएका छन् । घाइतेको नेपालगञ्जका अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।  ‘बहुधार्मिक, बहुसांस्कृतिक शहरका आफ्नै संवेदनशिलता हुन्छन् । जनप्रतिनिधिले विवाद वा तनाव बढाउने हैन, संयम र धैर्यतापूर्वक शान्ति कायम गर्न लाग्नुपर्छ,’ नेपालगञ्जका मेयर प्रशान्त विष्ट भन्नुहुन्छ, ‘हामी तनाव बढ्न नदिन पर्यत्न गरिरहेका छौं । दंगाफसाद गराएर कसैलाई फाइदा छैन भन्ने सबैले बुझ्नुपर्छ ।’ 

फेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको कमजोरी मुख्य देखिएको छ । धार्मिक र साम्प्रदायिक प्रदर्शनलाई निषेधाज्ञा लगाएर रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दियो । त्यसले एकपछि अर्को प्रदर्शनलाई निम्त्यायो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थितिलाई सम्हाल्नेगरी परिपक्वता देखाउन नसक्दा प्रहरी प्रशासन मुकदर्शनजस्तो बन्न पुग्यो । उहाँले भन्नुभयो अमुक व्यक्तिले केही लेख्दैमा उत्तेजित भएर प्रदर्शनमा उत्रिनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् ।

‘कलुवाको स्टाटसको नाममा यो विवाद निस्कियो । उ सार्वजनिक व्यक्ति हैन । तर, त्यसले उत्तेजता फैलायो । प्रशासनले छानबिन गरिरहेको छ’, प्रजिअ आचार्यले भन्नुभयो, ‘अहिले जे तनाव उत्पन्न भएको छ, यसलाई रोक्न र समाजलाई शान्तिपूर्ण बाटोमा फर्काउन सामुदायिक अगुवा, धार्मिक गुरुहरू, मिडिया र सिंगो बाँकवासी लाग्नुपर्छ ।’  (साभार : शिलापत्र अनलाईन ) 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…