Pairabi logo

असार १८, २०८३, बिहीबार                    

नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गरिदै

डेक्स

डेक्स

नेपालगन्जमा ई–रिक्सा व्यवस्थापन गरिदै
ADVERTISEMENT

सावित्री विश्वकर्मा 
नेपालगन्ज, १५ असोज । नेपालगन्जमा सडक दुर्घटना बढाईरहेका ई–रिक्साको व्यवस्थापनको कार्य शुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाले ई–रिक्सा व्यवस्थापन गर्नको लागि कार्यविधि नै बनाएर अघि बढेको हो ।

उपमहानगरपालिकाले ई–रिक्सा संचालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि–२०७८ निर्माण व्यवस्थापनको पाटोलाई थप व्यवस्थित गर्दै गएको छ । जस अनुसार नगर उप–प्रमुखको संयोजकत्वमा समिति निर्माण गरेर काम गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार व्यवस्थापनको जिम्मेवारी पाएको ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालिले पछिल्लो समय सक्रिय भएर काम गरिरहेको छ । 

विगतमा देखिएका कमि कमजोरीबाट सिक्दै नेपालगन्ज नगरमा ई–रिक्सा व्यवस्थापनका लागि चरणवद्ध रुपमा आफुहरुले काम गरेको ई–रिक्सा व्यवस्थापन कम्पनी प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा चालकहरुलाई अस्थायी अनुमती पत्र वितरण गर्ने, उपमहानगरपालिकामा सुचिकृत गर्ने, बिमा अनिवार्य गर्ने र अभिमुखिकरण कार्यक्रमलाई अगाडी बढाउने योजना रहेको अध्यक्ष ठकुरीले जानकारी गराउनुभयो । पछिल्लो समय केहि संचार माध्यममा ई–रिक्सा व्यवस्थापनको विषयलाई लिएर गलत समाचार आइरहेको उनले दुखेसो पोख्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले कुनै गैरकानुनी रुपमा काम गरिरहेका छैनौं । उप–महानगरपालिकाले बनाएको कार्यविधि अनुसार हामीले खुला बोलपत्रमार्फत ठेक्का पाएर काम गरिरहेका छौं । हामीले रिक्सा चालक र यात्रीको सुरक्षालाई ध्यानमा दिएर काम गरिरहेका छांै । यसमा सबैको सहयोगको आवश्यकता छ । यसमा सहयोगको लागि हामी सबै सरोकारवाला निकायसँग अपिल गर्दछौं ।’

करिब १० हजार हाराहारीमा रहेका ई–रिक्सा व्यवस्थापन आफैँमा चुनौतीपुर्ण कार्य भएकोले अब व्यवस्थापनमा सबै लाग्नु पर्ने उहाँले बताउनुभयो । उपमहानगरपालिकाले ई–रिक्सा व्यवस्थापनको लागि भाडा दर निर्धारण गरेता पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई थियो । त्यस्तै ई–रिक्सा सुचिकृत गर्नुपर्नेमा जम्मा २७ सय ई–रिक्सा मात्र उप–महानगर पालिकामा सुचिकृत रहेका छन । 

ई–रिक्सा व्यवस्थापनका लागि विगतमा गरिएका प्रयासहरु थोरै मात्र सफल भएको तर अझ चुनौती थपिएकोले अबका दिनमा सम्पुर्ण ई–रिक्सा चालकहरुले अनिवार्य रुपमा अस्थायी ई–रिक्सा चालक अनुमति पत्र लिनुपर्ने उहाँले बताउनुभयो । यसका लागि आगामी दिनमा कार्ड छपाउने, ई–रिक्सा चालकहरुलाई अभिमुखिकरण तालिम दिने, ट्रायल गराउने लगायत स्वयंसेवक खटाउने लगायतका योजना रहेको अध्यक्ष ठकुरीले बताउनुभयो । 

अब्यवस्थित ई–रिक्साका कारण दिनहु जसो दुर्घटना हुने गरेका छन् । जसमा दुर्घटना पश्चात बिमा दाबी गर्दा रिक्सा चालक अनुमति पत्र नभएका कारण दाबी नहुने समस्या समेत रहेकोले रिक्सा चालक अनुमति पत्र अति आवश्यक रहेको छ । अस्थायी रिक्सा चालक अनुमति पत्र भईसके पश्चात जिम्मेवार र वयस्क व्यक्तिले रिक्सा चलाउने र नियमको पालना गरे पछि दुर्घटनाको जोखिम कम हुने देखिन्छ । साथै बिमा दाबीको लागि समेत सहज हुने उहाँले बताउनुभयो । 

पछिल्लो समय जथाभावी पार्किङका कारण सडक नै कुरुप देखिने गरेको छ भने दुर्घटनाको जोखिम पनि उच्च रहेको छ  । जसलाई कम गर्न रिक्सा चालकहरुले बनाईएका मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ ।

ई–रिक्सा व्यवस्थापन कम्पनिले ई–रिक्सा व्यवस्थापनको लागी बनाइएका योजना सुनुवाई नभएको कारणले कार्यान्वयन समस्या देखिएको अध्यक्ष ठकुरीले बताउनुभयो । नेपालगन्जमा १० हजार हाराहारीमा ई–रिक्साको संख्या अनुमान गरिएता पनि यकिन तथ्यांक उप–महानगरसँग छैन । 
 

ताजा

सबै

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको  बृहत् अभियान

लुम्बिनी, १४ असारस्लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन त…

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

नेपालगन्ज १४ असारः बाँकेको खजुरा गाउँपालिका२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालय…

नेपालगञ्ज–दिल्ली  उडानका लागि प्रयास गर्न आग्रह

नेपालगन्ज, १४ असारः यहाँका पर्यटन व्यवसायीले नेपालगन्जदिल्ली सिधा उडानका लागि प्रयास …

विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न

नेपालगंज १४ असार, । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको आयोजनामा …

लोकप्रिय

सबै

नेपालगञ्ज–दिल्ली  उडानका लागि प्रयास गर्न आग्रह

नेपालगन्ज, १४ असारः यहाँका पर्यटन व्यवसायीले नेपालगन्जदिल्ली सिधा उडानका लागि प्रयास …

विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न

नेपालगंज १४ असार, । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको आयोजनामा …

लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको  बृहत् अभियान

लुम्बिनी, १४ असारस्लुम्बिनी प्रदेशमा आजदेखि बृहत् वृक्षरोपण अभियान सुरु भएको छ । वन त…

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

नेपालगन्ज १४ असारः बाँकेको खजुरा गाउँपालिका२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालय…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…