Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै

डेक्स

डेक्स

भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै
ADVERTISEMENT

नेपालगन्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । देशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा यही भदौ २७ गतेदेखि ३० गतेसम्म संघीय खोपको पहिलो मात्रा दिइने भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंङ्ग रायमाझीले बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्धारा आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार २१५ जना किशोरीलाई खोप लगाइने बताउनुभयो । 

उहाँका अनुसार त्यसका लागि भेरी अस्पतालमा दुई हजार ४३० भाइल खोप आएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एच.पि.भी. खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत महासेठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “खोपको मात्रा कम छ, खोप लगायने बढन सक्छन त्यसैले २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई खोप लगाउने ब्यवस्था गरिएको छ । एच.पि.भी. खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिने उहाँले बताउनुभयो । 

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एच.पि.भी. खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रियस्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप संचालन गर्न स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने परिवार कल्याण महाशाखाले जनाएको छ । 

खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ । नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । 

पाठेघरको मुखको क्यान्सर मुख्यतः संक्रमित व्यक्तिसंगको यौन सम्पर्कबाट सर्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गरेको भेटिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रायमाझीले बताउनुभयो । 

त्यस अवसरमा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले खोपको आवश्यकता र प्रयोगका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 
 


 

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…