Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै

डेक्स

डेक्स

भेरीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिंदै
ADVERTISEMENT

नेपालगन्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । देशका सात वटा संघीय अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने कार्ययोजना बमोजिम भेरी अस्पतालमा यही भदौ २७ गतेदेखि ३० गतेसम्म संघीय खोपको पहिलो मात्रा दिइने भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंङ्ग रायमाझीले बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्धारा आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार २१५ जना किशोरीलाई खोप लगाइने बताउनुभयो । 

उहाँका अनुसार त्यसका लागि भेरी अस्पतालमा दुई हजार ४३० भाइल खोप आएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एच.पि.भी. खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत महासेठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “खोपको मात्रा कम छ, खोप लगायने बढन सक्छन त्यसैले २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई खोप लगाउने ब्यवस्था गरिएको छ । एच.पि.भी. खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिने उहाँले बताउनुभयो । 

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एच.पि.भी. खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रियस्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप संचालन गर्न स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने परिवार कल्याण महाशाखाले जनाएको छ । 

खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ । नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रति एक लाखमा नयाँ विरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । 

पाठेघरको मुखको क्यान्सर मुख्यतः संक्रमित व्यक्तिसंगको यौन सम्पर्कबाट सर्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गरेको भेटिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रायमाझीले बताउनुभयो । 

त्यस अवसरमा जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले खोपको आवश्यकता र प्रयोगका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 
 


 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…