Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

शम्शेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु

डेक्स

डेक्स

शम्शेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ शमशेरगन्जमा भएको बस दुर्घटनामा सातको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भिर रहेको छ । 
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका वा नं ९ का ५० वर्षीय कांशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिव ४० वर्षीया जयन्ती थारु, वडा नम्बर ७ का ६५ वर्षीय चानुराम थारु, वडा नम्बर ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 
पूर्व पश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्कीन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।  बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए । बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ । 
घाइते २९ को नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

सबै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

यो पनि

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु

ट्याक्टर पल्टिएर बाँकेमा एक जनाको मृत्यु भएको छ ।आज बुधबार नेपालगन्ज उपमहानगरपालिका …