Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

राप्ती नदीको कटानले डुबानको जोखिम

डेक्स

डेक्स

राप्ती नदीको कटानले डुबानको जोखिम
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताए ।

उनका अनुसार नदी बस्तीमा पस्ने डरले राप्तीसोनारीको र नरैनापुर गाउँपालिकास्थित तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका बासिन्दा त्रसित भएका छन् । ‘राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ,’ यादवले भने, ‘नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको छ ।’

तटबन्ध निर्माण नभएकाले राप्तीसोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपूर्वा लगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवा लगायत बस्तीमा डुबानको जोखिम बढेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए ।

नदी नियन्त्रणका लागि थुपारिएका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाइएका तटबन्धसमेत राप्तीले बगाएको स्थानीयले बताएका छन् । तारजालीबिना खसालिएका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले बताए । ‘विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो,’ उनले भने, ‘बचेँको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।’


जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि गत असोजमा ‘जनताको तटबन्ध फिल्ड कार्यालय’लाई पत्राचार गरे पनि चासो नदिएकाले राप्तीसोनारीको वडा नं ६ र ७ तथा नरैनापुरको ५ र ६ नं वडाका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेका राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले बताए ।

राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिम मानिएका राप्तीसोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा तटबन्ध कार्यक्रम लागू गरी बाढी गाउँ पस्न नदिन पहल थालिएको तटबन्धका इन्जिनियर सूर्यदेव नायकले बताए । लमही दाङमार्फत राप्ती नदीको बाढी गाउँ पस्न नदिनका लागि तत्काल ठूला ढुङ्गाको साहरामा नदी नियन्त्रणको काम थालिएको उनले बताए ।

‘तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठूला ढुङ्गाको साहरामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ,’ नायकले भने, ‘मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको हो ।’ उनका अनुसार नदी नियन्त्रणका लागि राखिएका ढुङ्गा राप्तीले बगाइसकेको छ ।

 

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

सबै

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

यो पनि

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज, ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीका साइला किङगरिया घरमा पाल…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज २४ कात्तिक । वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्नेहरुको संख्या बढदै गएको …

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

नेपालगन्ज २१ कात्तिक :शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निम…