Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

विपन्न परिवारलाई चल्लासहित विभिन्न सामाग्री वितरण

डेक्स

डेक्स

विपन्न परिवारलाई चल्लासहित विभिन्न सामाग्री वितरण
ADVERTISEMENT

नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । 

कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । 

बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा। धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै संघीय सांसद डा। राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह गर्नुभयो । 

क्लबका अध्यक्ष रवि तुलाधरले दुई गाउँपालिकाका विपन्न र गरिब परिवारको छनोट गरेर कुखुरापालनका लागि सहयोग गरिएको जनाउँदै यो सहयोगको बढी भन्दा बढी सदुपयोग गर्न अनुरोध गर्नुभयो । 

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, पदाधिकारीहरु, बागेश्वरी बहुउदेश्यीय कृषि सहकारी खजुराका अध्यक्ष कमला न्यौपाने लगायत प्लान नेपाल र बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

क्लबका अनुसार कुखुरापालनका लागि वितिरण गरिएको सामाग्रीहरुमा प्रत्येक परिवारलाई २८ दिनका तीन वटा खोप लगाइएका १५० वटा चल्ला, आठ बोरा दाना, पानी खाने भाडो ३ वटा, दाना खाने भाडो ३ वटा, खोर निर्माणमा सहयोगका लागि ५ वटा जस्तापाता, १० मिटर फलामको जाली गरेर एक परिवारलाई ६६ हजार १५० रुपियाँ बराबरको सामाग्री रहेको छ ।

चल्ला वितरण गर्नु भन्दा अघि सो सहयोग पाउनेहरुलाई विज्ञद्धारा कुखुरापालनका बारेमा अभिमुखिकरण गरिएको क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…