Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण

डेक्स

डेक्स

बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण
ADVERTISEMENT

नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । 

युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो । बर्दिया बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नुभयो । 

वडा नम्बर ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर चौधरीले बाढीपिडितलाई सहयोग गरेकोमा सहयोग गर्ने संघसंस्थाप्रति आभार व्यक्त गर्दै अझै बाढीको जोखिम रहेको बताउनुभयो । प्लान नेपालका क्षेत्रीय प्रबन्धक पराजुलीले बाढीपछि सरसफाईमा ध्यान नदिईए विभिन्न रोग फैलिने डर रहेकोले सरसफाइका लागि हाइजिन किट वितरण गरिएको बताउनुभयो । 

सो अवसरमा युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी र वडा अध्यक्ष गौतमले पनि आ आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो । वितरण गरिएको हाइजिन किटमा झुल, बाल्टी, जग, तौलिया, साबुन, सेनिटाइजर, पानी शुद्ध गर्ने औषधी, मास्क, नाइलन डोरी र झोला गरेर १८ वटा सामाग्री रहेका छन् । 

सो परियोजना अन्तर्गत बर्दियाको बासगढी, बारबर्दिया, ठाकुरबाबा र गुलरियाका बाढीपिडित परिवारलाई ८० वटा हाइजिन किट, ८० वटा डिग्निटी किट, दुई सय परिवारलाई खाद्यान्न सहयोग, १५० परिवारलाई पोषण आहार वितरण गरिने तथा १२० वटा धारा, ट्युबवेल तथा १२० वटा शौचालय मरम्मत गरिनुका साथै ८ ठाउँमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …