Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित

डेक्स

डेक्स

नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा  धामी निर्वाचित
ADVERTISEMENT

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार धामीले २हजार ४५६ मत पाउँदा रौनियारले १हजार ५६६ मत प्राप्त गर्नुभयो । ४हजार ९३१ जना मतदाता रहेको नेपालगन्ज उद्योग बाणिज्य संघमा ४ हजार १३२ मत खसेको थियो । नयाँ नेतृत्व चुन्न शनिबार मतदान भएको थियो । अन्य पदाधिकारीको मतगणना भने जारी छ । 

खुला सदस्यतर्फको मतगणना पनि सकिएको छ । खुला सदस्यतर्फ १० जना निर्वाचित भएका छन् । समावेशी प्यानलबाट ७ जना र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ३ जना सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय र बुद्धिबहादुर विके तथा साझा प्रजातान्त्रिक समूहबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् । 

बस्तुगतमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भइसकेका छन् । समान मत पाएका पौडेल र श्रेष्ठले आधा(आधा कार्यकाल बाँड्नेछन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने पौडेल र श्रेष्ठले साझा प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए । यस्तै एसोसिएटमा समावेशीका कमल कार्की र साझा प्रजातान्त्रिकका प्रदिपकुमार गुप्ता निर्वाचित भइसकेका छन् । 

नेपालगन्जका उद्योगी व्यवसायीहरु समावेशी र साझा प्रजातान्त्रिक गरी दुई वटा प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …