Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय

डेक्स

डेक्स

पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय
ADVERTISEMENT

गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् ।

वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान बनाउने हो भन्ने चिन्तामा यहाँका स्थानीय नसुतेर रात कटाउने गरेका छन् । पानी परेपछि गाउँमाथि रहेको मैतु पखेराबाट पहिरोसँगै ठूला ढुङ्गा खस्न थालेपछि पहिराको डरले उनीहरु नसुतेर रात कटाउने गरेका हुन् ।

“नयाँ घरभित्र सर्न नपाउँदै अघिल्लो वर्षको पहिरोले घर पूर्णक्षति बनायो । अहिले छिमेकीको घरमा सबै परिवार बस्दै आएका छौँ । यही घरभित्र पनि पानीका मूल देखिन थालेका छन्”, स्थानीय कृष्णा रावलले भन्नुभयो, “अन्यत्र बस्ने ठाउँ छैन, कुन बेला पहिरोले सबै परिवारलाई एकै चिहान बनाउने हो भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन ।” उहाँका अनुसार यहाँ एक सय २० घरधुरी छन् । 

“पूर्खाहरु यहाँ बसेदेखि गाउँको सिरानमा रहेको मैतु पहराबाट पहिरो आएको थिएन । गत असोजमा परेको अविरल वर्षाले पहिरो पनि आयो, धेरैका घरमा क्षति पनि पुर्‍यायो”, ढुमा गाउँका ज्येष्ठ नागरिक मुना कार्कीले भन्नुभयो, “यस वर्षको साउनको वर्षातले पहिरोको भेल गाउँभित्रै पस्यो, अन्नबालीमा क्षति बनाएको छ । पानीका मूल घरभित्र देखिन थालेका छन् ।” अन्नपात, भाँडाकुडा र लत्ताकपडा छिमेकीका घरमा सारिएको भन्दै बस्नका लागि सुरक्षित बासस्थान नहुँदा नसुतेरै रात बिताउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

आज बिहान जिल्ला समन्वय समितिका उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेश बस्नेतलगायतको टोलीले पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गर्नुभएको थियो । 

उक्त टोलीलाई स्थानीय कृप बुढाले गाउँको अवस्थाका बारेमा जानकारी गराउँदै उचित व्यवस्थापनका लागि माग राख्नुभएको थियो । स्थलगत अवलोकनका क्रममा उपप्रमुख कार्की, प्रजिअ थापालगायतले यहाँका अधिकांश घरहरु पहिराको जोखिममा रहेको पाइएको बताउनुभएको थियो । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुमा गाउँको पहिरो नियन्त्रण हुने उहाँहरुको भनाइ थियो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…