Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

हुम्लावासी आन्दोलित, विमानस्थलमा धर्ना

डेक्स

डेक्स

हुम्लावासी आन्दोलित, विमानस्थलमा धर्ना
ADVERTISEMENT

नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूकोे आरोप थियो । हवाई उडान नहुँदा यहाँका नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम लामाले बताउनुभयो ।

प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उहाँको आरोप थियो । प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताउनुभयो । 

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो । ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले जोड दिनुभयो  । 
 
हिमाली जिल्लावासीका लागि यो नियम पहिलो भए पनि अहिले लागू भएको नियमले हुम्लीवासी मारमा परेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन रावतले बताउनुभयो । नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडानमासमेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीले सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । 
 
बिहानको समय हुम्लामा पानी पर्नाका साथै बाक्लो बादल लाग्ने र ११र १२ बजेपछि मौसममा सुधार हुँदै जाने भए पनि प्राधिकरणको नयाँ नियमका कारण हवाई उडानमा रोक लागेको छ । यो नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…