Pairabi logo

माघ १३, २०८२, सोमबार                    

लैङ्गिक संवेदनशिलता र भाषा बारे दुईदिने कार्यशाला शुरु

डेक्स

डेक्स

लैङ्गिक संवेदनशिलता र भाषा बारे दुईदिने कार्यशाला शुरु
ADVERTISEMENT

नेपालगन्ज १८ साउन । लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुईदिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालाई सञ्चारमाध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला संचालन गरिएको हो । 

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत दुईदिने कार्यशाला शुरु भएको छ । 

कार्यशालाको शुभारम्भ गर्दै लुम्विनी प्रदेश सांसद सुशिला नेपाली बादीले समाजमा अहिले पनि विभेद कामय रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायले आफ्ना सवाललाई उठाउन तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गनुृभयो । उहाँले अझै पनि कुनै समुदाय यस्तो प्रकारको तालिमबाट वञ्चित भएको भए त्यसलाई पनि अवसर दिनुपर्ने उल्लेख गर्दै समाजलाई सभ्य बनाउन सबैको साझा प्रयत्न हुनुपर्ने बताउनुभयो । 

उहाँले अल्पसंख्यक समुदायलाई अझै पनि उपेक्षा गरिएकोले यिनीहरुको पक्षमा पैरवी गर्नुपर्नेमा जोड दिदै यो समुदायकै पत्रकारिता क्षेत्रमा सहभागिताले ठुलो परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो । सांसद नेपालीले भन्नुभयो,–“जसको सवाल उसकै नेतृत्व हुनुपर्दछ, अनि मात्र त्यसले अर्थपुर्ण सहभागिता हुन्छ ।” 

उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका पत्रकारहरुको सहभागिता बढाउन सरोकारवाला निकायको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै ति समुदायका युवा युवतीको क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तीवारीले पत्रकारिताको आयाम फराकिलो भएकाले त्यसमा काम गर्न तालिम प्रभावकारी हुने बताउनुभयो । तालिममा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण, लैङ्गिक संवेदनशिलता, रिपोर्टिङ्गमा सफलताका कथा, भाषा लगायतका विषयमा जेसी विज्ञ रिमा विसी र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।


उहाँका अनुसार संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम संचालन गरेको छ । युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एशिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएआईडी  नागरिक समाज र सञ्चार कार्यक्रम अन्र्तगत महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा परियोजना संचालन गरिएको हो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …