Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नेपालगन्जका दुई वडामा आवास बीमा हुँदै

डेक्स

डेक्स

नेपालगन्जका दुई वडामा आवास बीमा हुँदै
ADVERTISEMENT

नेपालगन्ज । भूकम्पका कारण हुने क्षति न्यूनिकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाका दुई वडामा आवास बीमा कार्यक्रम सुरु हुने भएको छ । 

उपमहानगरपालिकाको वडा नं ३ र ७ मा रहेका करिव १ हजार ३०० घरमा आवासीय बीमा लागू हुन लागेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । आवास बीमा कार्यक्रमका लागि नेपालगञ्ज उपमहानगरपालिकाले रु. १० लाख छुट्टाएको छ । 

‘विपन्न घरपरिवारका जसले बीमा गर्न सक्दैनन उनीहरुलाई पहिलो प्राथमिकतमा राखेर आवासीय बीमा गरिनेछ’ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भन्नुभयो ।  उहाँले विपदको व्यवस्थापनमा उपमहानगरपालिकाले प्रभावकारी कार्य गर्ने उल्लेख गर्दै जनशक्ती अभावका कारण कतिपय योजनामा असर परिरहेको बताउनुभयो । 


उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले पालिकाको वडा नं ८ र ११ मा समेत आबास बीमा कार्यक्रम आवश्यक भएको उल्लेख गर्दै जोखिमका घरमा बस्न लायक नभएको भन्दै सूचना दिनुपर्ने बताउनुभयो । 


उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले आवास बीमा कार्यक्रमका लागि प्रतिघर रु. १५ लाखसम्मको बजेट तय भएको र प्रतिघर रु. ५८४ नगरपालिकाकातर्फबाट प्रदान गरिने जानकारी दिनुभयो । 

उहाँले पालिकाले बीमाका लागि कार्यविधि निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सुरु भएको जानकारी दिनुभयो । 

शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) का सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले घना बस्तीमा आगालागीको जोखिम पनि भएकाले घना बस्तीमा दमकल आवात जावत गर्नका लागि संयन्त्र निर्माण गरिएको बताउनुभयो । 


युनिसेफका प्रविधिक अधिकृत नरेश निदालले अहिलेसम्म परियोजनाले गरेका कामको विवरणसहितको जानकारी दिनुभएको थियो । 
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले करिव एक बर्षदेखि नेपालगञ्जमा विपदको पूर्व तयारीका विभिन्न विषयमा काम गरिरहेको छ । सो परियोजनाले पश्चिम नेपालमा भूकम्प जाने सम्भावना रहेको अध्ययनले देखाएको भन्दै पूर्व तयारी गरेको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …