Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगन्जका दुई वडामा आवास बीमा हुँदै

डेक्स

डेक्स

नेपालगन्जका दुई वडामा आवास बीमा हुँदै
ADVERTISEMENT

नेपालगन्ज । भूकम्पका कारण हुने क्षति न्यूनिकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाका दुई वडामा आवास बीमा कार्यक्रम सुरु हुने भएको छ । 

उपमहानगरपालिकाको वडा नं ३ र ७ मा रहेका करिव १ हजार ३०० घरमा आवासीय बीमा लागू हुन लागेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । आवास बीमा कार्यक्रमका लागि नेपालगञ्ज उपमहानगरपालिकाले रु. १० लाख छुट्टाएको छ । 

‘विपन्न घरपरिवारका जसले बीमा गर्न सक्दैनन उनीहरुलाई पहिलो प्राथमिकतमा राखेर आवासीय बीमा गरिनेछ’ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भन्नुभयो ।  उहाँले विपदको व्यवस्थापनमा उपमहानगरपालिकाले प्रभावकारी कार्य गर्ने उल्लेख गर्दै जनशक्ती अभावका कारण कतिपय योजनामा असर परिरहेको बताउनुभयो । 


उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले पालिकाको वडा नं ८ र ११ मा समेत आबास बीमा कार्यक्रम आवश्यक भएको उल्लेख गर्दै जोखिमका घरमा बस्न लायक नभएको भन्दै सूचना दिनुपर्ने बताउनुभयो । 


उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले आवास बीमा कार्यक्रमका लागि प्रतिघर रु. १५ लाखसम्मको बजेट तय भएको र प्रतिघर रु. ५८४ नगरपालिकाकातर्फबाट प्रदान गरिने जानकारी दिनुभयो । 

उहाँले पालिकाले बीमाका लागि कार्यविधि निर्माण गरिसकेको उल्लेख गर्दै स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सुरु भएको जानकारी दिनुभयो । 

शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) का सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले घना बस्तीमा आगालागीको जोखिम पनि भएकाले घना बस्तीमा दमकल आवात जावत गर्नका लागि संयन्त्र निर्माण गरिएको बताउनुभयो । 


युनिसेफका प्रविधिक अधिकृत नरेश निदालले अहिलेसम्म परियोजनाले गरेका कामको विवरणसहितको जानकारी दिनुभएको थियो । 
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले करिव एक बर्षदेखि नेपालगञ्जमा विपदको पूर्व तयारीका विभिन्न विषयमा काम गरिरहेको छ । सो परियोजनाले पश्चिम नेपालमा भूकम्प जाने सम्भावना रहेको अध्ययनले देखाएको भन्दै पूर्व तयारी गरेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…