Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सरकारमा नैतिक जवाफदेहिता नरहेको ओलीको आरोप

डेक्स

डेक्स

सरकारमा नैतिक जवाफदेहिता नरहेको ओलीको आरोप
ADVERTISEMENT

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नैतिक जवाफदेहिता नरहेको आरोप लगाउनुभएको छ । 

नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको दुई दिने लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको समेत आरोप लगाउनुभयो । सरकारले केवल केवल स्टन्टबाजी मात्र गरेको उहाँले जिकिर गर्नुभयो । एअरपोर्ट बाहिर केही दिन अघि बरामद गरिएको ठूलो परिमाणको सुनप्रति लक्षित गर्दै उहाँले सरकारको जानकारी विना उक्त काम हुन नसक्ने दाबी गर्नुभयो।

अध्यक्ष ओलीले मिलिजुली खान गठबन्धन सरकार बनेको जिकिर गर्दै गठबन्धन नामको कुनै गन्तव्य नभएको बाँडीचुँडी खाने उद्देश्यले बनेको सरकारले मुलुकलाई केही दिन नसक्ने बताउनुभयो । नेकपा एमाले मात्र अब देशलाई अगाडि बढाउन सक्ने पार्टी भएको बताउँदै उहाँले जनताको आशा र भरोसा पनि एमाले भएको दाबी गर्नुभयो। 

लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल लगायतले बोल्नुभएको थियो । भेला तथा प्रशिक्षण भोलिसम्म चल्नेछ । भेलामा लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सहभागी छन् । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …