Pairabi logo

माघ १३, २०८२, सोमबार                    

लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध

डेक्स

डेक्स

लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध
ADVERTISEMENT

नेपालगन्ज । भारी वर्षाले पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।

पहिराले बुटवल(पाल्पा, गोरुसिंगे(सन्धिखर्क, राम्दी(रामपुर र भालुबाङ (प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाले  सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल(पाल्पा सडक बिहानदेखि दुई ठाउँमा अवरुद्ध भएको बताउनुभयो । 

यस्तै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी(रामपुर सडक अवरुद्ध भएको छ ।

अर्घाखाँचीको शीतगंगा(१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे(सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।

यस्तै प्युठानको माण्डवी(गर्जेनीमा पहिरा खस्दा भालुबाङ (प्युठान सडक अवरुद्ध भएको डीएसपी थापाले जानकारी दिनुभयो ।

भारी वर्षाका कारण पाल्पा हुँदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ । सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

उहाँले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको उल्लेख गर्नुभयो। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

रातिदेखि परेको भारी वर्षाले तिनाउमा खतराको तह पार गरिसकेको छ । नदी अतिक्रमण गरेर बसेका धेरै स्थानीय बाढीको जोखिममा छन् ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …