Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध

डेक्स

डेक्स

लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध
ADVERTISEMENT

नेपालगन्ज । भारी वर्षाले पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।

पहिराले बुटवल(पाल्पा, गोरुसिंगे(सन्धिखर्क, राम्दी(रामपुर र भालुबाङ (प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाले  सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल(पाल्पा सडक बिहानदेखि दुई ठाउँमा अवरुद्ध भएको बताउनुभयो । 

यस्तै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी(रामपुर सडक अवरुद्ध भएको छ ।

अर्घाखाँचीको शीतगंगा(१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे(सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।

यस्तै प्युठानको माण्डवी(गर्जेनीमा पहिरा खस्दा भालुबाङ (प्युठान सडक अवरुद्ध भएको डीएसपी थापाले जानकारी दिनुभयो ।

भारी वर्षाका कारण पाल्पा हुँदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ । सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

उहाँले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको उल्लेख गर्नुभयो। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

रातिदेखि परेको भारी वर्षाले तिनाउमा खतराको तह पार गरिसकेको छ । नदी अतिक्रमण गरेर बसेका धेरै स्थानीय बाढीको जोखिममा छन् ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…