Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं

डेक्स

डेक्स

नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं
ADVERTISEMENT

नेपालगन्ज, ७ साउन । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुलको निकासलाई फराकिलो गर्नका लागि निमार्ण कार्य शुरु भएको छ ।

केही वर्ष अगाडी निमार्ण भएको करिब ८–१० मिटरको नालाको चौडाई निमार्ण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर वर्षेनी नेपालगन्ज नगर डुबानमा पर्ने समस्या अन्त्य गर्न अहिले नाला निमार्ण थालिएको हो । पहिला निमार्ण गर्ने कम्पनीको चरम लापरवाहीका कारण नाला फराकिलो भएपनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारणले नेपालगन्जबासीले सास्ती भोग्दै आएका थिए । 

प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याका बारेमा केन्द्रीयस्तरसम्म पहल पश्चात उक्त निमार्णको कार्य शुरु भएको स्थानीयबासीले बताएका छन । वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघीय सरकारसमक्ष दबाब दिएपछि निमार्णको कार्य अघि बढेको हो । 

सांसद तिवारीले नेपालगन्ज–सुर्खेतरोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकासका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा कार्य शुभारम्भ भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन रुपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहल भयो ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म पटक पटक पुगेर उक्त नालाको चौडाई थालिएको हो । 

तीनदिन अघि पुल चौडाई गर्नका लागि काम शुरु भएको सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्यले बताउनुभयो । उहाँका अनुसार नालाको चौडाई गर्नका लागि रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगन्जले ठेक्का लिएको छ । 

नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ । 

नाला निमार्णको विषयले अहिले सामाजिक सञ्जालमा खुबै चर्चा पाएको छ । एक अर्काविच आरोप प्रत्यारोप चलिरहेको छ । तर अहिले वर्षाको समय भएपनि समस्या समाधानका लागि शुरु गरिएको पहल कार्यान्वयन हुनु सकारात्मक हो । नागरिक सामाजका अभियन्ताको रुपमा परिचित सांसद तिवारीले सार्वजनिक सवाललाई बढी महत्व दिइरहेको बताउनुभयो । 
 
ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

यो पनि

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…