Pairabi logo

माघ १३, २०८२, सोमबार                    

अध्यागमन कार्यालयको काम ठप्प

डेक्स

डेक्स

अध्यागमन कार्यालयको काम ठप्प
ADVERTISEMENT

नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।

करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने गरेका छन् । अध्यागमन कार्यालय नेपालगन्जका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भए लगत्तै बन्द भएको भारतीय अध्यागमन कार्यालयले अहिलेसम्म सेवा दिन नसकेको बताउनुभयो ।

रानाले भन्नुभयो, ‘विदेशी पर्यटक धेरै जना आउनुहुन्छ, तर भारततर्फ काम नहुने भएकाले सुनवल लगायतका अन्य नाका जान सुझाव दिने गरेका छौँ । ’ हिउँदको समयमा धेरै विदेशी पर्यटकहरू नेपालगन्ज नाका भएर आउने गरेको कार्यालयले जनाएको छ ।

हाल अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ ।

आगमन र प्रस्थान स्वीकृतिका लागि भारतीय पक्षसँग बारम्बार आग्रह गर्दा पनि माथिको आदेश भन्दै कुनै पनि प्रकारको सेवा प्रवाह रोकेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय अध्यागमनले सेवा रोकेपछि नेपालगन्ज कार्यालयको सेवा करिब ठप्प भएको हो ।

आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका  १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । उनीहरू मध्ये अधिकांश विदेशबाट घर फर्किनुअघि पशुपतिनाथको दर्शन गरी घर फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । यसै गरी ३ जना नेपालीलाई नेपालगन्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …