Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

अध्यागमन कार्यालयको काम ठप्प

डेक्स

डेक्स

अध्यागमन कार्यालयको काम ठप्प
ADVERTISEMENT

नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।

करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने गरेका छन् । अध्यागमन कार्यालय नेपालगन्जका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भए लगत्तै बन्द भएको भारतीय अध्यागमन कार्यालयले अहिलेसम्म सेवा दिन नसकेको बताउनुभयो ।

रानाले भन्नुभयो, ‘विदेशी पर्यटक धेरै जना आउनुहुन्छ, तर भारततर्फ काम नहुने भएकाले सुनवल लगायतका अन्य नाका जान सुझाव दिने गरेका छौँ । ’ हिउँदको समयमा धेरै विदेशी पर्यटकहरू नेपालगन्ज नाका भएर आउने गरेको कार्यालयले जनाएको छ ।

हाल अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ ।

आगमन र प्रस्थान स्वीकृतिका लागि भारतीय पक्षसँग बारम्बार आग्रह गर्दा पनि माथिको आदेश भन्दै कुनै पनि प्रकारको सेवा प्रवाह रोकेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय अध्यागमनले सेवा रोकेपछि नेपालगन्ज कार्यालयको सेवा करिब ठप्प भएको हो ।

आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका  १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । उनीहरू मध्ये अधिकांश विदेशबाट घर फर्किनुअघि पशुपतिनाथको दर्शन गरी घर फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । यसै गरी ३ जना नेपालीलाई नेपालगन्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…