Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा गड्यौलाबाट मल उत्पादन हुँदै

डेक्स

डेक्स

बाँकेमा गड्यौलाबाट मल उत्पादन हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा परीक्षणका रुपमा गड्यौला मलको उत्पादन गर्न गर्न थालिएको छ ।  
रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाएपनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आर्कर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिनुभयो ।  ‘परीक्षण सफल भएमा कार्यक्रम बिस्तार गर्ने योजना छ ’, उहाँले भन्नुभयो । 
यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको माग समेत घटने विश्वास रहेको उल्लेख गर्दै अहमदले अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताउनुभयो । मल उत्पादनका लागि केन्द्रले यस आर्थिक बर्षदेखि रु. ७ लाख लगानी भएको जनाएको छ । 
साकारा कृषि सहकारीका कृषि प्रमुख बल बहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताउनुभयो । ‘गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र   माटोको उर्बरा शक्ति बढेर उत्पादकत्व समेत वृद्धि हुन्छ ।’ उहाँले भन्नुभयो । 
ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्तीसोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका ६ र नेपालगन्जका दुई  किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिनुभयो । ‘उत्पादन भइसकेको छैन, हामी सुरुवाती चरणमा छौ’ उहाँले भन्नुभयो । मल उत्पादन कार्यमा बाँकेका करिव ५२ किसान संलग्न छन । 
कृषि ज्ञान केन्द्र बाँकेले प्रतिकिसान चार  किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको बताएको छ । राप्तीसोनारीका किसान जित बहादुर कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताउनुभयो । ‘अब उत्पादन र प्रयोग पछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिन्छ’, उहाँले भन्नुभयो ।  मल उत्पालनका लागि किसानलाई गड्यौला बाहेक, प्लाष्टीकका भाडा, लगायत कृषि औजार प्रदान गरिएको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…