Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँकेमा गड्यौलाबाट मल उत्पादन हुँदै

डेक्स

डेक्स

बाँकेमा गड्यौलाबाट मल उत्पादन हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा परीक्षणका रुपमा गड्यौला मलको उत्पादन गर्न गर्न थालिएको छ ।  
रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाएपनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आर्कर्षित भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिनुभयो ।  ‘परीक्षण सफल भएमा कार्यक्रम बिस्तार गर्ने योजना छ ’, उहाँले भन्नुभयो । 
यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको माग समेत घटने विश्वास रहेको उल्लेख गर्दै अहमदले अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताउनुभयो । मल उत्पादनका लागि केन्द्रले यस आर्थिक बर्षदेखि रु. ७ लाख लगानी भएको जनाएको छ । 
साकारा कृषि सहकारीका कृषि प्रमुख बल बहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताउनुभयो । ‘गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र   माटोको उर्बरा शक्ति बढेर उत्पादकत्व समेत वृद्धि हुन्छ ।’ उहाँले भन्नुभयो । 
ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्तीसोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका ६ र नेपालगन्जका दुई  किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिनुभयो । ‘उत्पादन भइसकेको छैन, हामी सुरुवाती चरणमा छौ’ उहाँले भन्नुभयो । मल उत्पादन कार्यमा बाँकेका करिव ५२ किसान संलग्न छन । 
कृषि ज्ञान केन्द्र बाँकेले प्रतिकिसान चार  किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको बताएको छ । राप्तीसोनारीका किसान जित बहादुर कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताउनुभयो । ‘अब उत्पादन र प्रयोग पछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिन्छ’, उहाँले भन्नुभयो ।  मल उत्पालनका लागि किसानलाई गड्यौला बाहेक, प्लाष्टीकका भाडा, लगायत कृषि औजार प्रदान गरिएको छ । 
 
ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…