Pairabi logo

माघ १२, २०८२, आइतबार                    

नयाँ स्वादमा ख्वाजा सेन्टर संचालन

डेक्स

डेक्स

नयाँ स्वादमा ख्वाजा सेन्टर संचालन
ADVERTISEMENT

पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राईले नेपालगन्जमा सञ्चालनमा आएको एक रेष्टुरेन्टको उद्घाटन गर्नु भएको छ ।

नेपालगन्ज आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने सञ्चालनमा ल्याईएको ख्वाजा फुड सेन्टर ९ केएफसी ० को पुर्वमन्त्री राई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

विशेष गरि सिनेमा हेर्न आउने तथा होटल र क्यासिनो लगायतमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याईएपनि विशेष स्वाद पस्किने भएकोले नेपालगन्जका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ ।

रेष्टुरेन्ट उदघाटनको अवसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का पुर्वसांसद राईले आफ्नो निर्वाचन क्षेत्रमा निजि लगानीमा पर्यटक भित्रिने विभिन्न ठाउँहरु निर्माण हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो पालामा भएका विकास निर्माणले गर्दा नै नेपालगन्ज पश्चिम नेपालकै सुन्दर र उत्कृष्ट उपमहानगर बन्न सफल भएको बताउनुभयो ।

रेष्टुरेन्टका सञ्चालक नियाज अहमद शाहले नेपालगन्जमै लखनउको स्वाद पस्कने उदेश्यले करिब १० लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालन गरिएको जनाउँदै यहाँ बिरयानी, खिर, कोरमा, बटर नान, चिकेन मलाई टिक्का, चिकेन हरियाली टिक्का र मटन सेकुवा विशेष रुपमा पाइने बताउनुभयो ।

उहाँले एक पटक रेष्टुरेन्टको स्वाद लिन सबैलाई आग्रह गर्दै स्वाद र क्वालिटिमा कुनैपनि सम्झौता नगरिने प्रतिवद्धता जनाउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…