Pairabi logo

माघ १३, २०८२, सोमबार                    

अवधी र थारु भाषी पत्रकारहरुको कार्यशाला समापन

डेक्स

डेक्स

अवधी र थारु भाषी पत्रकारहरुको कार्यशाला समापन
ADVERTISEMENT

नेपालगन्ज । अवधी र थारु भाषी पत्रकारहरुका लागि सुरु भएको तीन दिने कार्यशालाको आज समापन भएको छ ।  
युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत लुम्विनी प्रदेशमा छनौट भएका पत्रकारहरुलाई  फेलोशिप कार्यक्रमका लागि सो कार्यशाला भएको हो । 
सो अवसरमा लुम्बिनी प्रदेश सभाका सदस्य बादशाह कुर्मीले अल्पसंख्यक समुदाय र पछाडी मारिएका समुदायको मूलप्रवाहीकरणमा कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्दै परिणाम आउने गरी काम गर्न फेलोशिपमा संलग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । 
“मलाई वास्तवमा खुशि लागेको छ, यसले समाजमा पछि पारिएका समुदायलाई अगाडी ल्याउन मद्दत मिल्ने छ”  उहाँले भन्नुभयो । 
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजीत तिवारीले विगतको पत्रकारिता भन्दा अहिलेको पत्रकारिता चुनौतीपूर्ण भएको उल्लेख गर्दै समयसापेक्ष पत्रकारिता अहिलेको आवश्यक्ता भएको बताउनुभयो । 
“अहिले धेरैको ध्यान समाजिक सञ्जालमा केन्दीत भएको छ, अब त्यसमा समस्या आएका कारण साइबर अपराधका घटना पनि पत्रकारिताका विषय हुन सक्छन” उहाँले भन्नुभयो । 
तालिमका सहजकर्ता एकराज चौधरीले पत्रकारहरु परिवर्तनको संवाहक भएको उल्लेख गर्दै सामाजिक विकृतिका विरुद्धमा खरो ढंगले प्रश्तुत हुन आवश्यक भएकोमा जोड दिदै थारु जातीका विभिन्न सवालमा पनि समाचार बाहिर ल्याउन आग्रह गर्नुभयो । 
लुम्विनी प्रदेशका ५ जिल्ला बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देहीमा अवधी र थारु भाषी १५ जना पत्रकारलाई फेलोशिप कार्यक्रम शुरु गरिएको थियो । 


अवधी र थारु समुदायका सिमान्तकृत, मुस्लिम अल्पसंख्यक, विपन्न, लोपउन्मुख चिडीमार र मंगन्ता समुदायका युवायुवतीलाई पत्रकारिता क्षेत्रमा दक्ष बनाउनका लागि फेलोशिप उपलब्ध गराइएको हो । 
 फेलोशिपमा छनौट भएका  पत्रकारहरुलाई सवाल पहिचान, फिचर लेखन र खोजमुलक रिपोर्टिङ्गका विविध विषयमा सहजिकरण गरिएको थियो ।  

तालिममा पत्रकारहरु शुक्रऋषि चौलागाई, युवराज पाण्डे, एकराज चौधरी, विजय बर्मा, राकेश मिश्रलगायतले अवधी र थारु समुदायका सवाल पहिचान, फिचर र खोजमुलक रिपोर्टिङ्गका विभिन्न पक्षका बारेमा सहजीकरण गर्नुभएको थियो । 

संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रमबाट उक्त समुदायको शसक्तीरकणमा सहयोग पुग्ने संस्थाका कार्यक्रम संयोजक रविन्द्र ज्ञवालीले बताउनुभयो ।


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …