Pairabi logo

असोज २६, २०८३, सोमबार                    

अवधी र थारु भाषी पत्रकारहरुको कार्यशाला समापन

डेक्स

डेक्स

अवधी र थारु भाषी पत्रकारहरुको कार्यशाला समापन
ADVERTISEMENT

नेपालगन्ज । अवधी र थारु भाषी पत्रकारहरुका लागि सुरु भएको तीन दिने कार्यशालाको आज समापन भएको छ ।  
युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत लुम्विनी प्रदेशमा छनौट भएका पत्रकारहरुलाई  फेलोशिप कार्यक्रमका लागि सो कार्यशाला भएको हो । 
सो अवसरमा लुम्बिनी प्रदेश सभाका सदस्य बादशाह कुर्मीले अल्पसंख्यक समुदाय र पछाडी मारिएका समुदायको मूलप्रवाहीकरणमा कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्दै परिणाम आउने गरी काम गर्न फेलोशिपमा संलग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । 
“मलाई वास्तवमा खुशि लागेको छ, यसले समाजमा पछि पारिएका समुदायलाई अगाडी ल्याउन मद्दत मिल्ने छ”  उहाँले भन्नुभयो । 
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजीत तिवारीले विगतको पत्रकारिता भन्दा अहिलेको पत्रकारिता चुनौतीपूर्ण भएको उल्लेख गर्दै समयसापेक्ष पत्रकारिता अहिलेको आवश्यक्ता भएको बताउनुभयो । 
“अहिले धेरैको ध्यान समाजिक सञ्जालमा केन्दीत भएको छ, अब त्यसमा समस्या आएका कारण साइबर अपराधका घटना पनि पत्रकारिताका विषय हुन सक्छन” उहाँले भन्नुभयो । 
तालिमका सहजकर्ता एकराज चौधरीले पत्रकारहरु परिवर्तनको संवाहक भएको उल्लेख गर्दै सामाजिक विकृतिका विरुद्धमा खरो ढंगले प्रश्तुत हुन आवश्यक भएकोमा जोड दिदै थारु जातीका विभिन्न सवालमा पनि समाचार बाहिर ल्याउन आग्रह गर्नुभयो । 
लुम्विनी प्रदेशका ५ जिल्ला बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देहीमा अवधी र थारु भाषी १५ जना पत्रकारलाई फेलोशिप कार्यक्रम शुरु गरिएको थियो । 


अवधी र थारु समुदायका सिमान्तकृत, मुस्लिम अल्पसंख्यक, विपन्न, लोपउन्मुख चिडीमार र मंगन्ता समुदायका युवायुवतीलाई पत्रकारिता क्षेत्रमा दक्ष बनाउनका लागि फेलोशिप उपलब्ध गराइएको हो । 
 फेलोशिपमा छनौट भएका  पत्रकारहरुलाई सवाल पहिचान, फिचर लेखन र खोजमुलक रिपोर्टिङ्गका विविध विषयमा सहजिकरण गरिएको थियो ।  

तालिममा पत्रकारहरु शुक्रऋषि चौलागाई, युवराज पाण्डे, एकराज चौधरी, विजय बर्मा, राकेश मिश्रलगायतले अवधी र थारु समुदायका सवाल पहिचान, फिचर र खोजमुलक रिपोर्टिङ्गका विभिन्न पक्षका बारेमा सहजीकरण गर्नुभएको थियो । 

संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रमबाट उक्त समुदायको शसक्तीरकणमा सहयोग पुग्ने संस्थाका कार्यक्रम संयोजक रविन्द्र ज्ञवालीले बताउनुभयो ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…