Pairabi logo

असोज २६, २०८३, सोमबार                    

समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

डेक्स

डेक्स

समयमा सडक नबन्दा स्थानीयलाई सास्ती
ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रास्थित निमार्णाधिन कच्ची सडकलाई समयमा नबनाउदा स्थानीयलाई सास्ती भएको छ । वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल नहाल्दा वर्षाको समयमा पानी परेर स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ । 

आज विहानैदेखि भएको वर्षाले कच्ची माटो गलेर सडक हिलाम्य भएपछि पैदल, मोटरसाईकल तथा अन्य सवारी साधनलाई आवतजावतमा समस्या भएको छ । 

वर्षाको समयमा सडक निमार्ण नभएपछि विशेष गरि विद्यालय जाने बालबालिका र पैदलयात्रीलाई निकै सास्ती भएको स्थानीय युवा देवनन्द यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,–“वर्षाले सडक हिलाम्य छ, बालबालिकाले विद्यालय जान पाएका छैनन, बच्चाहरुको जुत्ता नै हिलो र पानीमा भिज्ने गरेको अवस्था छ ।” 

वर्षामा पानी र हिलोको समस्या र पानी नपर्दाको अवस्थामा धुलोको समस्याले महिनौदेखि स्थानीयले हैरानी व्यहोरेका छन ।संघिय शहरी विकास तथा भवन निमार्ण कार्यालय नेपालगन्जको सहकार्यमा भट्टाराई निमार्ण कन्स्ट्रक्सनले निमार्णको ठेक्का लिएको छ । ठेक्का लिएको लामो समय भइसक्दा पनि समयमा निमार्ण नगरेपछि स्थानीयलाई समस्या भएको हो । 

सडक निमार्ण गर्दा शुरुमा नाला निमार्ण नगरि सिधै माटो पटान गरेपछि सडकखण्डमा पर्ने अधिकाँस घरबाट निस्कने पानी थुनिएको छ । विना नालाको सडक बनाउदा पानी बगाउने समस्या भएको स्थानीय रामसमुझ शाुह बताउनुहुन्छ । 

सडक निमार्ण ढिलाईबारे संघिय शहरी विकास कार्यालयका प्रमुख विजय खनाल र निमार्ण कम्पनीका प्रमुखलाई सोध्दा निमार्णमा ढिलाई भएको स्वीकार गर्नुभयो ।

ठेकेदार र संघिय शहरी विकास कार्यालयको चरम लापरवाहीका कारण सडक निमार्णमा ढिलाई भएकाले सरोकारवाला निकायको ध्यान केन्द्रति हुन आवश्यक देखिन्छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…