Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

डेक्स

डेक्स

समयमा सडक नबन्दा स्थानीयलाई सास्ती
ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रास्थित निमार्णाधिन कच्ची सडकलाई समयमा नबनाउदा स्थानीयलाई सास्ती भएको छ । वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल नहाल्दा वर्षाको समयमा पानी परेर स्थानीयलाई आवतजावतमा निकै समस्या भएको छ । 

आज विहानैदेखि भएको वर्षाले कच्ची माटो गलेर सडक हिलाम्य भएपछि पैदल, मोटरसाईकल तथा अन्य सवारी साधनलाई आवतजावतमा समस्या भएको छ । 

वर्षाको समयमा सडक निमार्ण नभएपछि विशेष गरि विद्यालय जाने बालबालिका र पैदलयात्रीलाई निकै सास्ती भएको स्थानीय युवा देवनन्द यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,–“वर्षाले सडक हिलाम्य छ, बालबालिकाले विद्यालय जान पाएका छैनन, बच्चाहरुको जुत्ता नै हिलो र पानीमा भिज्ने गरेको अवस्था छ ।” 

वर्षामा पानी र हिलोको समस्या र पानी नपर्दाको अवस्थामा धुलोको समस्याले महिनौदेखि स्थानीयले हैरानी व्यहोरेका छन ।संघिय शहरी विकास तथा भवन निमार्ण कार्यालय नेपालगन्जको सहकार्यमा भट्टाराई निमार्ण कन्स्ट्रक्सनले निमार्णको ठेक्का लिएको छ । ठेक्का लिएको लामो समय भइसक्दा पनि समयमा निमार्ण नगरेपछि स्थानीयलाई समस्या भएको हो । 

सडक निमार्ण गर्दा शुरुमा नाला निमार्ण नगरि सिधै माटो पटान गरेपछि सडकखण्डमा पर्ने अधिकाँस घरबाट निस्कने पानी थुनिएको छ । विना नालाको सडक बनाउदा पानी बगाउने समस्या भएको स्थानीय रामसमुझ शाुह बताउनुहुन्छ । 

सडक निमार्ण ढिलाईबारे संघिय शहरी विकास कार्यालयका प्रमुख विजय खनाल र निमार्ण कम्पनीका प्रमुखलाई सोध्दा निमार्णमा ढिलाई भएको स्वीकार गर्नुभयो ।

ठेकेदार र संघिय शहरी विकास कार्यालयको चरम लापरवाहीका कारण सडक निमार्णमा ढिलाई भएकाले सरोकारवाला निकायको ध्यान केन्द्रति हुन आवश्यक देखिन्छ । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…