Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु

डेक्स

डेक्स

कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु
ADVERTISEMENT

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ । ‘राष्ट्रिय कचहरी’कोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम पूरा भएको बताउनुभयो ।

“जनताका माग र आवश्यकता पूरा गर्ने आश्वासन दिइयो”, उहाँले भन्नुभयो, “तर ती पूरा नहुँदा उनीहरूमा निराशा बढेको छ ।” सङ्घीय व्यवस्था राम्रो भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा केही असन्तुष्टि उब्जेको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको उहाँको भनाइ थियो । लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले सङ्घीयता कार्यान्वयनमा आएको लामो समय भएपनि अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गर्नुभयो । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट बिनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार आउनेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको दाबी गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको बताउनुभयो । वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार देश बाहिर जाने अवस्थाले मुलुकको कुल ग्राहस्थ्य उत्पादन असर परेको उहाँले टिप्पणी छ । 

संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन नेपाल तथा भूटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दै गएको असमानता, कोभिड र रुस–युक्रेन युद्धको असर, राजनीतिक सङ्कट र वातारणीय असरले कर्णालीजस्ता क्षेत्रलाई असर पारेको उहाँको भनाइ छ । यस विषयमा बहुपक्षीय सवाल उठान भएको र यसमा खाद्य तथा कृषि सङ्गठनको आवश्यक सहयोग हुने उहाँले बताउनुभयो । नगरपालिका सङ्घ नेपालका अध्यक्ष नरुलाल चौधरीले संविधानमा व्यवस्था भएका साझा सूची अनुरुप काम नभएको बताउनुभयो । सङ्घीय शिक्षा तथा निजामती कर्मचारी ऐन नबनेका कारण पनि समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । 

स्थानीय सरकार सवलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेसनल, वल्र्डभिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र ९किर्डाक० नेपालको आयोजनामा सुरु राष्ट्रि«य कचहरी दुई दिनसम्म चल्नेछ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…