Pairabi logo

मंसिर ०५, २०८२, बिहीबार                    

आज हरिशयनी एकादशी मनाउँदैं

डेक्स

डेक्स

आज हरिशयनी एकादशी मनाउँदैं
ADVERTISEMENT

नेपालगञ्ज । असार शुक्ल एकादशीका दिन आज हिन्दू समुदायको घरघरमा तुलसीको बिरुवा रोपेर चतुरमास व्रत सुरु भएको छ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ ।

चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताउनुभयो । ‘हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास व्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ, कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ’– उहाँले भन्नुभयो । 

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ ।

वर्षमा पर्ने २४ एकादशी मध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् । आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ ।

यस्तो महत्त्व छ एकादशीको

चन्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ । शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को । यो भगवान् विष्णुसँग सम्बन्धित तिथि हो । एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ ।

सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बताइन्छ । वैदिक परम्परामा भने अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ ।
एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु ९केराउ, चना, सिमी आदि० तरकारी नखाने परम्परा छ ।

वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन् । वर्षमा २४ वटा एकादशी हुन्छन् । तर  अधिक  मलमास परेको  वर्ष दुई  एकादशी थपिन्छन् । मार्गशीर्ष मंसिर कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम मानिन्छ ।

ताजा

सबै

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

डब्लुडब्लुजेको १८औं वार्षिकोत्सव, ३ जनालाई सम्मान, १० बुँदे घोषणा पत्र जारी

नेपालगन्ज । क्रियाशील पत्रकार महिला बाँकेले संस्थाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम …

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

लोकप्रिय

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…