Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बैदेशिक रोजगारीमा जानेसँगै परामर्श गर्दै सामी

डेक्स

डेक्स

बैदेशिक रोजगारीमा जानेसँगै परामर्श गर्दै सामी
ADVERTISEMENT


नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ ।सो संस्थाले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै बैदेशिक रोजगारीमा जानेलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिएको जनाएको छ ।

सामी कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले जानकारी दिनुभयो । नेपालमा वि.स २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ । सामी कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो । 

बाँकेबाट गत आर्थिक बर्षमा ८ हजार ९७ जना विदेश गएको तथ्यांक छ । उहाँका अनुसार बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या चालू आर्थिक बर्षमा १ हजार १ छ । यो साउन १ गतेदेखि जेठ ३२ गतेसम्मको तथ्यांक हो । यस्तै रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ छ । गत आर्थिक बर्षमा निःशुल्क कानुनी सेवा लिनेको संख्या २७३ रहँदा चालू आर्थिक बर्षमा ६१ रहेको ओलीले बताउनुभयो । 

सामीले निःशुल्क तालिम दिएर सीप सिकाउने काम पनि गरिरहेको छ । बैदेशिक रोजगारीसंग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरुको जीवनमा बदलाब ल्याउन पनि सामीले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताउनुभयो। उहाँले आत्महत्याको प्रयास गरेकाहरुलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत उल्लेख गर्नुभयो । संस्थाले यस बर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको छ ।

वित्तीय साक्षरता कक्षामार्फत बैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सदुयोग गर्ने भन्ने बारेमा पनि परामर्श गर्दै आएको कोहलपुर नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता अनिता जिसी रावतले बताउनुभयो। उहाँले विदेशमा कमाई गरेर पठाएको पैसाको हिसाब राम्रोसंग नराख्दा बढिरहेको पारिवारिक विखण्डन रोक्न पैसा व्यवस्थापन गर्ने तरिका सिकाइरहेको उल्लेख गरिन् । बाँकेमा यस बर्ष १०३ जनालाई वित्तीय साक्षरतामार्फत व्यवहार परिवर्तन गराइएको तथ्यांक सामीसंग छ 

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…