Pairabi logo

असोज २६, २०८३, सोमबार                    

युवा महिला सिप परिक्षण परिक्षामा सहभागि

डेक्स

डेक्स

युवा महिला सिप परिक्षण परिक्षामा सहभागि
ADVERTISEMENT

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु  राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । 

क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् । क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो । 

उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो । तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक्षण लिनु भएका महिलाहरु पनि सहभागि हुनुहुनेछ । परियोजना संयोजक गोविन्द लामिछानेले आइतवार र सोमवार ब्युटी पार्लर र टेलरिङका प्रशिक्षार्थिहरुले परिक्षा दिनु हुने बताउनुभयो । 

उहाँका अनुसार प्रशिक्षार्थीहरूलाई परीक्षा पछि उनीहरूको सिपलाई प्रमाणित गरी प्रमाणपत्र प्रदान गरिनेछ र प्रमाणपत्रले उनीहरूको क्यारियर निर्माणमा योगदान गर्नेछ । बर्दियाका विभिन्न पालिकाका जोखिममा परेका १२० जना किशोरकिशोरी र युवा महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन रोजगारी सिर्जना गर्ने उद्देश्यले क्लबले जीवन सीप विकास तालिम प्रदान गरेको थियो । 

सो तालिमको जिम्मा राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानले लिएको थियो भने राष्ट्रिय सीप परीक्षण बोर्डको परीक्षा सञ्चालन गर्न पनि राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानले सहजिकरण गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…