Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

युवा महिला सिप परिक्षण परिक्षामा सहभागि

डेक्स

डेक्स

युवा महिला सिप परिक्षण परिक्षामा सहभागि
ADVERTISEMENT

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु  राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् । 

क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् । क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो । 

उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो । तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक्षण लिनु भएका महिलाहरु पनि सहभागि हुनुहुनेछ । परियोजना संयोजक गोविन्द लामिछानेले आइतवार र सोमवार ब्युटी पार्लर र टेलरिङका प्रशिक्षार्थिहरुले परिक्षा दिनु हुने बताउनुभयो । 

उहाँका अनुसार प्रशिक्षार्थीहरूलाई परीक्षा पछि उनीहरूको सिपलाई प्रमाणित गरी प्रमाणपत्र प्रदान गरिनेछ र प्रमाणपत्रले उनीहरूको क्यारियर निर्माणमा योगदान गर्नेछ । बर्दियाका विभिन्न पालिकाका जोखिममा परेका १२० जना किशोरकिशोरी र युवा महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन रोजगारी सिर्जना गर्ने उद्देश्यले क्लबले जीवन सीप विकास तालिम प्रदान गरेको थियो । 

सो तालिमको जिम्मा राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानले लिएको थियो भने राष्ट्रिय सीप परीक्षण बोर्डको परीक्षा सञ्चालन गर्न पनि राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानले सहजिकरण गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…