Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आज देशभर आंशिकदेखि सामान्य बदली

डेक्स

डेक्स

आज देशभर आंशिकदेखि सामान्य बदली
ADVERTISEMENT

नेपालगन्ज । नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि  देशभर पुग्न सकेको छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।

आज देशैभर आंशिक देखि सामान्य बदली हुने पूर्वानुमान छ।

पश्चिमी भूभागमा भने अरेबियन सागरबाट विकसित ‘बिपरजोए’ चक्रवात जमीनमा आउँदा बनेको न्युनचापीय प्रणालीको असरका कारण मौसम बदली हुने  मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । 

‘अरब सागरमा विकसित भएको बिपरजोए चक्रवात जमीनमा आइसकेपछि कमजोर भएपछि बाँकी रहेका अंशहरूको प्रभाव हो। त्यसले गर्दा पश्चिमतिर पानी परेको छ, मनसुन अझै पुगेको छैन,’उहाँले भन्नुभयो । 

मनसुन नेपाल भित्रिएको एक साता बितिसक्दा पनि देशभर नफैलनुका कारण सोही प्रणाली कारक रहेको मौसमविद श्रेष्ठ बताउनुहुन्छ । 

‘पश्चिमी न्यूनचापीय  प्रणाालीका कारण मनसुन देशभर फैलिन सकेन । अब त्यसको प्रभाव कमजोर बन्दै छ । त्यो प्रणालीको प्रभाव सकिएपछि देशभर मनसुन फैलन्छ,’उहाँले भन्नुभयो । 

अहिले मनसुनका लागि पश्चिमतिर  पनि अनुकूल वातावरण बन्दै गएकाले अब देशभर फैलन धेरै ढिला नहुने श्रेष्ठ बताउनुहुन्छ । 


सातै प्रदेशमा बदली हुने भनिएपछि पश्चिम तराइका भूभागमा तापक्रम घट्ने सम्भावना छ। गर्मी नघटेपनि  तापक्रम ४० डिग्रीबाट ३५ को हाराहारीमा आउने मौसमविद् श्रेष्ठले बताउनुभयो । 

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। राति भने कोशी , मधेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…