Pairabi logo

माघ १३, २०८२, सोमबार                    

आज देशभर आंशिकदेखि सामान्य बदली

डेक्स

डेक्स

आज देशभर आंशिकदेखि सामान्य बदली
ADVERTISEMENT

नेपालगन्ज । नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि  देशभर पुग्न सकेको छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।

आज देशैभर आंशिक देखि सामान्य बदली हुने पूर्वानुमान छ।

पश्चिमी भूभागमा भने अरेबियन सागरबाट विकसित ‘बिपरजोए’ चक्रवात जमीनमा आउँदा बनेको न्युनचापीय प्रणालीको असरका कारण मौसम बदली हुने  मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । 

‘अरब सागरमा विकसित भएको बिपरजोए चक्रवात जमीनमा आइसकेपछि कमजोर भएपछि बाँकी रहेका अंशहरूको प्रभाव हो। त्यसले गर्दा पश्चिमतिर पानी परेको छ, मनसुन अझै पुगेको छैन,’उहाँले भन्नुभयो । 

मनसुन नेपाल भित्रिएको एक साता बितिसक्दा पनि देशभर नफैलनुका कारण सोही प्रणाली कारक रहेको मौसमविद श्रेष्ठ बताउनुहुन्छ । 

‘पश्चिमी न्यूनचापीय  प्रणाालीका कारण मनसुन देशभर फैलिन सकेन । अब त्यसको प्रभाव कमजोर बन्दै छ । त्यो प्रणालीको प्रभाव सकिएपछि देशभर मनसुन फैलन्छ,’उहाँले भन्नुभयो । 

अहिले मनसुनका लागि पश्चिमतिर  पनि अनुकूल वातावरण बन्दै गएकाले अब देशभर फैलन धेरै ढिला नहुने श्रेष्ठ बताउनुहुन्छ । 


सातै प्रदेशमा बदली हुने भनिएपछि पश्चिम तराइका भूभागमा तापक्रम घट्ने सम्भावना छ। गर्मी नघटेपनि  तापक्रम ४० डिग्रीबाट ३५ को हाराहारीमा आउने मौसमविद् श्रेष्ठले बताउनुभयो । 

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। राति भने कोशी , मधेश र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …