Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित

डेक्स

डेक्स

बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित
ADVERTISEMENT


नेपालगञ्ज ।   बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा मिटर ब्याज पीडित भएको देखिएका छन । 
जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा रहेका मिटर ब्याज पीडित ७५ जनाले जिल्ला प्रशासन कार्यालय, बाँकेमा उजुरी दिएका छन । पीडितले रु. १ लाख देखि रु. २० लाखसम्म कारोवार गरेका छन ।  
उजुरी दिएकामध्ये केहीको (मिटर ब्याज) लेनदेन सम्वन्धमा अदालतमा मुद्दा चलिरहेको बताइएको छ । 
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा कार्यविधि अनुसार मिटर ब्याज पीडित सहयोगी कार्यदल गठन भएको जानकारी दिदै कतिपय मिटर ब्याजका मुद्दा मिलापत्र गरेर टुङ्गो लगाइएको बताउनुभयो । 
उहाँले जिल्लामा पीडितको वास्तविक अवस्था बुझने र दुवै पक्षलाई छलफल गराएर मेलमिलापका माध्यमबाट समाधान खोज्ने प्रयास हुने बताउनुभयो । 
‘यसको उद्देश्य नै उजुरीको समाधान खोज्ने हो’ मिटर ब्याज पीडित सहयोगी कार्यदलका संयोजक समेत रहनुभएका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो । सो कार्यदलमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला न्यायाधिवक्ता लगायत सदस्य हुनुहुन्छ । जिल्लामा मिटर ब्याज पिडीत केही नयाँ र धेरै पुराना समेत रहेका छन । 
उक्त कार्यदलका सदस्य सचिव तथा नासु महेश्वर पौडेलले गत भदौदेखि चैतसम्म २३ जना भएकोमा अहिले ७५ जना पुगेको जानकारी दिनुभयो । 
‘एउटा व्यक्तीको कारोवार चारजनासँग समेत भएको देखिन्छ’उहाँले भन्नुभयो । 
उहाँले कतिपयले ठाडो उजुरी समेत दिएको जानकारी दिदै छलफल र परामर्शबाट पीडितका मागलाई सम्वोधन गरिएको बताउनुभयो । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ की सरस्वती कुर्मीले आफू पढेलेखेको नभएकाले कसरी पैसा लिएको भन्ने थाहा नभएको उल्लेख गर्दै एकै पटक लाखौंको सूचना आउदा छक्क परेको बताउनुभयो । 

उहाँले आफुलाई कुन आधारमा पैसा दिएको भन्ने कुरा पनि नखुलाएको भन्दै आफू अहिले ‘घर न घाट’ को भएको उल्लेख गर्नुभयो । ‘मैले सुरुमा रु.५ हजार लिएको थिए पछि त्यो बढेर रु१० हजार भयो अनि रु. १ लाखसम्म पुग्यो’ उहाँले भन्नुभयो । 
सरकारले मिटर ब्याज पीडितको उजुरी लिने व्यवस्था गरेपछि जिल्लामा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…