Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित

डेक्स

डेक्स

बाँकेका सबै स्थानीय तहमा मिटर ब्याज पीडित
ADVERTISEMENT


नेपालगञ्ज ।   बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा मिटर ब्याज पीडित भएको देखिएका छन । 
जिल्लाको कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा रहेका मिटर ब्याज पीडित ७५ जनाले जिल्ला प्रशासन कार्यालय, बाँकेमा उजुरी दिएका छन । पीडितले रु. १ लाख देखि रु. २० लाखसम्म कारोवार गरेका छन ।  
उजुरी दिएकामध्ये केहीको (मिटर ब्याज) लेनदेन सम्वन्धमा अदालतमा मुद्दा चलिरहेको बताइएको छ । 
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा कार्यविधि अनुसार मिटर ब्याज पीडित सहयोगी कार्यदल गठन भएको जानकारी दिदै कतिपय मिटर ब्याजका मुद्दा मिलापत्र गरेर टुङ्गो लगाइएको बताउनुभयो । 
उहाँले जिल्लामा पीडितको वास्तविक अवस्था बुझने र दुवै पक्षलाई छलफल गराएर मेलमिलापका माध्यमबाट समाधान खोज्ने प्रयास हुने बताउनुभयो । 
‘यसको उद्देश्य नै उजुरीको समाधान खोज्ने हो’ मिटर ब्याज पीडित सहयोगी कार्यदलका संयोजक समेत रहनुभएका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो । सो कार्यदलमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला न्यायाधिवक्ता लगायत सदस्य हुनुहुन्छ । जिल्लामा मिटर ब्याज पिडीत केही नयाँ र धेरै पुराना समेत रहेका छन । 
उक्त कार्यदलका सदस्य सचिव तथा नासु महेश्वर पौडेलले गत भदौदेखि चैतसम्म २३ जना भएकोमा अहिले ७५ जना पुगेको जानकारी दिनुभयो । 
‘एउटा व्यक्तीको कारोवार चारजनासँग समेत भएको देखिन्छ’उहाँले भन्नुभयो । 
उहाँले कतिपयले ठाडो उजुरी समेत दिएको जानकारी दिदै छलफल र परामर्शबाट पीडितका मागलाई सम्वोधन गरिएको बताउनुभयो । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ की सरस्वती कुर्मीले आफू पढेलेखेको नभएकाले कसरी पैसा लिएको भन्ने थाहा नभएको उल्लेख गर्दै एकै पटक लाखौंको सूचना आउदा छक्क परेको बताउनुभयो । 

उहाँले आफुलाई कुन आधारमा पैसा दिएको भन्ने कुरा पनि नखुलाएको भन्दै आफू अहिले ‘घर न घाट’ को भएको उल्लेख गर्नुभयो । ‘मैले सुरुमा रु.५ हजार लिएको थिए पछि त्यो बढेर रु१० हजार भयो अनि रु. १ लाखसम्म पुग्यो’ उहाँले भन्नुभयो । 
सरकारले मिटर ब्याज पीडितको उजुरी लिने व्यवस्था गरेपछि जिल्लामा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…