Pairabi logo

असोज २६, २०८३, सोमबार                    

शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप

डेक्स

डेक्स

शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा बालवालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम शहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ ।बालवालिकालाई लगाइएको खोपमध्ये राप्तीसोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा १७७ जना खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । 

जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक र डुडुवा गाउँपालिकामा एक जना बालवालिकाले खोप लगाउन छुटेको तथ्याकंले देखाएको छ । तर कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालवालिकाले पूर्ण रुपमा सबै प्रकार खोप लगाएका छन । बालवालिकालाई लगाइने सबै प्रकारका खोप नलगाएको (ड्रपआउट) नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी ६९२ बालवालिका रहेका छन । उनीहरुले केही खोप मात्रै लगाएका छन ।

सबै प्रकारका खोप नलगाउने बालवालिका राप्तीसोनारीमा ५२, कोहलपुरमा ११, बैजनाथमा १८, खजुरामा १३१, जानकीमा ९५, डुडुवामा ३४, नरेनापुरमा २६८ जना रहेको स्वास्थ्य कार्यालय, बाँकेले बताएको छ । स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालवालिकालाई १३ प्रकारका रोग लाग्न नदिन नौं प्रकार खोप लगाइएकोे जानकारी दिनुभयो । 

उहाँले विवाहित युवतीमा देखिने पाठेघरको क्यान्सर न्यूनीकरणका लागि समेत खोप कार्यक्रम सञ्चालन हुने बताउनुभयो । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले खोपमा सबैको पहँच विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै बालवालिकाको स्वास्थ्यमा लगानी वढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खोप कार्यक्रममा किन कमजोरी भएको छ, यसको दिगो समाधान खोज्नुपर्छ ।’  राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले खोप बालवालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोपको अवस्था हेर्दा पालिका तेस्रो स्थानमा रहेको बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रराज केसीले पालिकामा ९५ प्रतिशत बढी कभरेज रहेको उल्लेख गर्दै नौं वडामा नै महिला स्वंसेविकाको पहुँच रहेकोले बालवालिकाले सबै खोप लगाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सामाजिक रुपमा नै खोप नलगाए वडाबाट पाउने सेवा र सुविधा कटौती हुने भन्ने सन्देश गएकाले पनि खोप लगाउने छुटेका छैनन ।’ 

राप्तीसोनारी गाउँपालिकाका वरिष्ठ अहेब शंकर बहादुर डाँगीले गाउँघरका खोप केन्द्रमा फर्निचर नभएका कारण बालवालिकालाई भुईमा बसालेर खोप लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । पूणर््ा खोप सुनिश्चितता कार्यक्रममा गाउँपालिकाका उपप्रमुख मनिषासिंह थारु, वडाध्यक्ष झगरु थारु लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…