Pairabi logo

माघ १३, २०८२, सोमबार                    

शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप

डेक्स

डेक्स

शहरमा भन्दा गाउँमा प्रभावकारी हुँदै खोप
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा बालवालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम शहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ ।बालवालिकालाई लगाइएको खोपमध्ये राप्तीसोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा १७७ जना खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । 

जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक र डुडुवा गाउँपालिकामा एक जना बालवालिकाले खोप लगाउन छुटेको तथ्याकंले देखाएको छ । तर कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालवालिकाले पूर्ण रुपमा सबै प्रकार खोप लगाएका छन । बालवालिकालाई लगाइने सबै प्रकारका खोप नलगाएको (ड्रपआउट) नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी ६९२ बालवालिका रहेका छन । उनीहरुले केही खोप मात्रै लगाएका छन ।

सबै प्रकारका खोप नलगाउने बालवालिका राप्तीसोनारीमा ५२, कोहलपुरमा ११, बैजनाथमा १८, खजुरामा १३१, जानकीमा ९५, डुडुवामा ३४, नरेनापुरमा २६८ जना रहेको स्वास्थ्य कार्यालय, बाँकेले बताएको छ । स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालवालिकालाई १३ प्रकारका रोग लाग्न नदिन नौं प्रकार खोप लगाइएकोे जानकारी दिनुभयो । 

उहाँले विवाहित युवतीमा देखिने पाठेघरको क्यान्सर न्यूनीकरणका लागि समेत खोप कार्यक्रम सञ्चालन हुने बताउनुभयो । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले खोपमा सबैको पहँच विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै बालवालिकाको स्वास्थ्यमा लगानी वढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘खोप कार्यक्रममा किन कमजोरी भएको छ, यसको दिगो समाधान खोज्नुपर्छ ।’  राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले खोप बालवालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोपको अवस्था हेर्दा पालिका तेस्रो स्थानमा रहेको बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रराज केसीले पालिकामा ९५ प्रतिशत बढी कभरेज रहेको उल्लेख गर्दै नौं वडामा नै महिला स्वंसेविकाको पहुँच रहेकोले बालवालिकाले सबै खोप लगाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सामाजिक रुपमा नै खोप नलगाए वडाबाट पाउने सेवा र सुविधा कटौती हुने भन्ने सन्देश गएकाले पनि खोप लगाउने छुटेका छैनन ।’ 

राप्तीसोनारी गाउँपालिकाका वरिष्ठ अहेब शंकर बहादुर डाँगीले गाउँघरका खोप केन्द्रमा फर्निचर नभएका कारण बालवालिकालाई भुईमा बसालेर खोप लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । पूणर््ा खोप सुनिश्चितता कार्यक्रममा गाउँपालिकाका उपप्रमुख मनिषासिंह थारु, वडाध्यक्ष झगरु थारु लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…