Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

लामोसमयदेखि सडक नबनेपछि स्थानीय आन्दोलित

डेक्स

डेक्स

लामोसमयदेखि सडक नबनेपछि स्थानीय आन्दोलित
ADVERTISEMENT

पाँच वर्षसम्म सडक निमार्ण सम्पन्न नगरि अलपत्र पारिएपछि बाँके खजुराका स्थानीयहरु आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार आठ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदारले सडक निमार्ण अधुरो गुणस्तरहिन काम गरेको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध गरेर दबाब दिएका छन । 

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा स्थानीयहरु सडकमा निसकेर प्रदर्शन गरेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताउनुभयो । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । 

उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । 

निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्ष देखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् । ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालयले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ । 

बाटो खनेर पहिलो चरणको गिट्टी बिच्छाइएको भरमा ८५ प्रतिशत काम सम्पन्न भएको भन्दै सडकले ठेकेदारलाई भुक्तानी गरिदिएको स्थानीयले बताएका छन । सडकको उचाई सम्झौता बिपरित घटाउनुका साथै नाला र फुटपाथ निर्माणमा पनि गुणस्तरहिन काम भएको उनीहरुको भनाई छ ।

यस अघि पनि पटक पटक आन्दोलित भएका खजुराबासीलाई एक दुई दिन काम गरे जस्तो गर्ने र फेरि बेपत्ता हुने ठेकेदारको प्रबृत्तिले पुनः आन्दोलन गर्नु परेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष बुढाथोकीले बताए । 

विहानैदेखि अवरुद्ध सडक निमार्ण गर्ने विषयमा ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयविच छलफल गर्ने सहमती भएपछि आन्दोलिन स्थागित भएको इलाका प्रहरी कार्यालय खजुुराले जनाएको छ । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…