Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कोहलपुरमा किसानलाई  अनुदानमा कृषि उपकरण

डेक्स

डेक्स

कोहलपुरमा किसानलाई  अनुदानमा कृषि उपकरण
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई  ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । 

कृषि उत्पादनलाई वृद्धि गर्ने  र किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो । 

नगर प्रमुख आचार्यले अत्याधुनिक कृषि सामग्रीको प्रयोग गरेर उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा सो सामग्री वितरण गरिएको जानकारी दिनुभयो । 

उहाँले कृषि सामग्री तथा उपकरण लिएर घरमा प्रयोग नगरी थन्काउने गरेको गुनासो आएकाले आगामी दिनमा यस्ता गुनासा नआउने गरी प्रयोगमा ल्याउन कृषकलाई आग्रह समेत गर्नुभयो ।  आचार्यले मापदण्ड अनुसार वास्तविक किसानलाई मात्र कृषि सामग्री र उपकरण प्रदान गरिएको बताउनुभयो ।

कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले नगरपालिकाले कृषि उत्पादनमा जोड दिई प्राथमिकताका साथ काम गरिरहेको जनाउँदै गएको एक वर्षको अवधिमा कृषिलाई विशेष जोड दिएर कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्रसमेत घोषणा गरिएको उल्लेख गर्नभयो । 

नगर कृषि शाखाका नायब प्राविधिक सहायक यज्ञ रोकायका अनुसार सो अवसरमा सात मिनी ट्रेलर र छ पावर ट्रेलर वितरण गरिएको छ भने साना सिँचाइका लागि ३० थान पम्पसेट र ३० थान सेक्सन पाइप, ३५ डेलिभरी पाइप, ग्राडेन पाइप १० थान रोल, धान पकेट क्षेत्रमा दुई पावर ट्रिलर र नौ  मिनी ट्रिलर तथा तरकारी पकेट क्षेत्रमा तीन पावर ट्रिलरसहित त्यसमा लाग्ने सामान पनि वितरण गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…