Pairabi logo

माघ १३, २०८२, सोमबार                    

कोहलपुरमा किसानलाई  अनुदानमा कृषि उपकरण

डेक्स

डेक्स

कोहलपुरमा किसानलाई  अनुदानमा कृषि उपकरण
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई  ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । 

कृषि उत्पादनलाई वृद्धि गर्ने  र किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता बिसीले संयुक्त रूपमा किसानलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गर्नुभयो । 

नगर प्रमुख आचार्यले अत्याधुनिक कृषि सामग्रीको प्रयोग गरेर उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा सो सामग्री वितरण गरिएको जानकारी दिनुभयो । 

उहाँले कृषि सामग्री तथा उपकरण लिएर घरमा प्रयोग नगरी थन्काउने गरेको गुनासो आएकाले आगामी दिनमा यस्ता गुनासा नआउने गरी प्रयोगमा ल्याउन कृषकलाई आग्रह समेत गर्नुभयो ।  आचार्यले मापदण्ड अनुसार वास्तविक किसानलाई मात्र कृषि सामग्री र उपकरण प्रदान गरिएको बताउनुभयो ।

कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले नगरपालिकाले कृषि उत्पादनमा जोड दिई प्राथमिकताका साथ काम गरिरहेको जनाउँदै गएको एक वर्षको अवधिमा कृषिलाई विशेष जोड दिएर कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्रसमेत घोषणा गरिएको उल्लेख गर्नभयो । 

नगर कृषि शाखाका नायब प्राविधिक सहायक यज्ञ रोकायका अनुसार सो अवसरमा सात मिनी ट्रेलर र छ पावर ट्रेलर वितरण गरिएको छ भने साना सिँचाइका लागि ३० थान पम्पसेट र ३० थान सेक्सन पाइप, ३५ डेलिभरी पाइप, ग्राडेन पाइप १० थान रोल, धान पकेट क्षेत्रमा दुई पावर ट्रिलर र नौ  मिनी ट्रिलर तथा तरकारी पकेट क्षेत्रमा तीन पावर ट्रिलरसहित त्यसमा लाग्ने सामान पनि वितरण गरिएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…