Pairabi logo

माघ १३, २०८२, सोमबार                    

गर्मीले बाँकेमा हेण्डपम्प सुक्न थाले

डेक्स

डेक्स

गर्मीले बाँकेमा हेण्डपम्प सुक्न थाले
ADVERTISEMENT


नेपालगञ्ज ।  चर्को गर्मीका कारण बाँकेका अधिकांश हेण्डपम्पको पानी सुक्न थालेको छ । यसअघि कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पमा समेत पानी आउन कम भएको बैजनाथ गाउँपालिका १ का स्थानीय दलबहादुर चन्दले जानकारी दिनुभयो ।
लामो खडेरीले च्यामा र आसपासका हेण्डपम्पमा पानी दिन छाडेको उललेख गर्दै उहाँले यसअघि कहिलै नसुक्ने हेण्डपम्पले समेत पानी दिन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो गर्मीले रुख, विरुवा ओइलाउन थालेका छन् । तातो हावा (लू) चल्न थालेपछि जनजिवन कष्टर बनेको छ,’ 
बैजनाथ गाउँपालिका २ लढौराका गणेश सुनारले पनि हेण्डपम्प सुकेपछि पिउने पानीको समस्या पर्न थालेको बताउनुभयो । हेण्डपम्पबाट थोपा–थोपा पानीमात्र आउने गरेको जानकारी दिदै उहाँले मोटरले पानी तान्न छाडेको छ भन्नुभयो ।  हातले चलाउँदा थोपा–थोपामात्र पानी आउँछ,’ उहाँ भन्नुहुन्छ । 
हेण्डपम्पको भरमा राखिएको धानको व्याड सुक्न थालेपछि किसान चिन्तित भएका छन् । हेण्डपम्पले पानी दिन छाडेपछि धानको व्याड राखेको खेतको गरामा चिरा परेको बैजनाथ गाउँपालिका १  रामविलास थारुको भनाइ छ  ।  ‘हेण्डपम्पले अघिल्लो वर्षको भन्दा एकदमै कम पानी दिइरहेको छ । राखेको व्याड सुक्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ,’ उहाँ भन्नुहुन्छ । 
राप्तीसोनारी गाउँपालिका ६ का हेण्डपम्प पनि सुक्न थालेको स्थानीय महादेव थारुले बताउनुभयो । उहाँले हेण्डपम्प चलाउँदा चलाउँदै पानी आउन छाड्को बताउनुभयो ।  ‘एक त पानी एकदमै कम आउँछ त्यसैमा आउँदा आउँदै हेण्डपम्पले पानी छोड्छ,’ उहाँ बताउहुन्छ । 

नरैनापुर गाउँपालिका वडा नं ६ का हेण्डपम्प पनि सुक्न थालेको वडा अध्यक्ष प्रेमचन्द्र मौर्यले जानकारी दिनुभयो । उहाँले वडास्थित २४ विघाका हेण्डपम्पमा दिउँसो १२ बजेपछि पानी नआउने बताउनुभयो । ‘डिप बोरिङले समेत अघिल्लो वर्ष जस्तो पानी दिइरहेका छैनन् । गतवर्षको खडेरीबाट डराएका किसानहरु धानको व्याड राख्न डराइरहेका छन्,’ उहाँ भन्नुहुन्छ । यस बाहेक नेपालगन्ज, खजुरा लगायतका क्षेत्रमा रहेका हेण्डपम्पमा पानी निकै कम आउने गरेको बताइएको छ । 

 

 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …