Pairabi logo

माघ १३, २०८२, सोमबार                    

‘शुसासन कायम हुँदा जवाफदेही र पारदर्शी हुन्छ’

डेक्स

डेक्स

‘शुसासन कायम हुँदा जवाफदेही र पारदर्शी हुन्छ’
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयले सुशासन कायम गर्न भएका प्रयासले जवाफदेही र पारदर्शी हुने बताएका छन । 
लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा रिर्पोटर्स क्लव, लुम्विनी प्रदेशले आज नेपालगञ्जमा आयोजना गरेको सुशासनका लागि साक्षात्कार कार्यक्रममा उनीहरुले सीमित स्रोतका कारण प्रभावकारी कार्य सम्पादन नभएको समेत औल्याएका छन । 
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले शुसासन चुनौतिको विषय भएको उल्लेख गर्दै कर्मचारीहरु जिम्मेवार र उत्तरदायी हनुपर्नेमा जोड दिनुभयो । 
उहाँले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाउदै कर्मचारी संयन्त्र जनतासँग जोडिएको हुनुपर्ने बताउनुभयो । 
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिएको गुनासो गर्दै समन्वय समितिलाई सौताको छोराको व्यवहार गरेको टिप्पणी गर्नुभयो उहाँले जिल्लाको अनुगमन  समन्वयले गर्ने भएपनि त्यसको कुनै औचित्य नभएकाले स्रोत र साधन सम्पन्न नभएको समन्वय समिति खारेज गर्न माग गर्नुभयो । 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योजनाहरु दोहोरिदा भष्ट्राचार बढेको भन्दै योजना छनोट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।  
बाँकेका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने उल्लेख गर्नुभयो ।  उहाँले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शि रुपमा सेवा दिन कार्यालयलाई आग्रह गर्नुभयो ।  
सो कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु,डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो,खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी,कोष तथा लेखा नियन्त्रणका प्रतिनिधी शरदकुमार बराल, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आर्चाय रिर्पोटर्स क्लव लुम्विनीक अध्यक्ष राम कुमार क्षेत्री लगायतले शुसासनका विषयमा वोल्नुभएको उक्त कार्यक्रममा अवधारणापत्र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋिषि चौलागाईले प्रश्तुत गर्नुभएको थियो । 
सो अवसरमा विभिन्न कार्यालयले शुसासनका पक्षमा भएका अशल अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …