Pairabi logo

माघ १३, २०८२, सोमबार                    

विपदकोे जोखिम रोक्न नीजि क्षेत्र सहकार्य गर्दै

डेक्स

डेक्स

विपदकोे जोखिम रोक्न नीजि क्षेत्र सहकार्य गर्दै
ADVERTISEMENT

नेपालगञ्ज।  विपदमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि नीजि क्षेत्र पनि सहकार्य गर्न उत्साहित देखिएका छन । 
आज यहाँ आयोजना भएको शहरी विपद पूर्व तयारी सम्वन्धी नीजि क्षेत्रसँगको समन्वय कार्यशालामा नीजि क्षेत्रलाई विपदसँग जोडने प्रयास भएको सरोकार भएकाले बताएका छन । 
नेपाल विद्युत प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरी प्रसाद पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिदै  सिंचाईबाट विद्युतीय दुर्घटना बढी भएको बताउनुभयो । 
उहाँले विद्युत प्रयोगलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विद्यतीय दुर्घटनाबाट जोगिन त्यसका उपकरणको प्रयोगमा चनाखो हुन आग्रह गर्नुभयो । 
नेपालगञ्ज उपमहानगरपालिकाका विपद सम्पर्क व्यक्ती प्रकाश डिसीले विपदका विभिन्न समस्यलाई सम्वोधन हुने गरी विपद पूर्व तयारी स्थानीय सरकारबाट भएको जानकारी दिदै भूकम्प, आगलागी, शितलहर र लु जस्ता विपदमा सबैको सहकार्यमा हुनुपर्नेमा जोड दिनुभयो । 
शहरी विपद पूर्व तयारी परियोजनाका नरेश निदालले विपदमा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै नेपालगञ्ज आगलागी र भूकम्पको जोखिमको क्षेत्र भएको बताउनुभयो । 
सो कार्यक्रमका नेपाल रेडक्रस सोसाइटीका सभापति गोवद्र्धनसिंह सम्झना, परियोजनाका प्राविधिक अधिकृत शिव सुवेदी, परियोजानका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले विपदको पूर्व तयारीले जनधनको क्षति रोक्न सहयोग पुग्ने बताउनुभयो ।  
शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) नेपालगन्ज उपमहानगरपालिकाको वाड नं ३ र ७ मा सञ्चालित छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा रहेको छ ।


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …