Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बालबिवाह मुक्त वडा घोषणा

डेक्स

डेक्स

बालबिवाह मुक्त वडा घोषणा
ADVERTISEMENT

बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ बालविवाह मुक्त वडा घोषणा भएको छ । प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो । 

नेपाल सरकारको बालबिवाह अन्त्यको लागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई साकार पार्न वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

स्थानीयको सहभागितामा आयोजना गरीएको बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थियो । वडा नं ७ बढैयातालका वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न घोषणा समारोह बिभिन्न रयाली, साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ संपन्न गरिएको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीको मुख्य आतिथ्यतामा आयोजित समारोहमा बिशेष अतिथीको रुपमा स्थानीय बालअधिकार समितिका संयोजक तथा पालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधीहरु, धर्म गुरुहरु, समाजिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, प्रहरी प्रमुख तथा प्रतिनिधीहरु, बाल क्लबका प्रतिनिधीहरु लगायत अथितीको रुपमा उपस्थित रहनुभएको थियो ।

सो समारोहमा बालबिवाह न्युनिकरणका लागि सरकारी स्तरबाट भए गरेका कार्यहरुको बिषयमा प्रमुख प्रशाकीय अधिकृत दानबहादुर ऐडीले प्रष्ठ पार्नु भएको थियो भने सामाजिक संघ, संस्थाहरुले बालबिवाह न्युनिकरणमा गरेका कार्यहरुको बिषयमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले प्रष्ट पार्नुभएको थियो ।

त्यसै गरी प्लाल नेपालका कार्यक्रम ब्यबस्थापक अम्बिका प्रसाद तिमिल्सेनाले प्लान नेपालले बाल संरक्षण र बालबिवाह न्युनिकरणमा खेलेको भुमिकाका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । बलबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ बढैयातालमा बालबिवाह न्युनिकरणमा योगदान पुरयाउने, संघ, संस्था र ब्यक्तिहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
वडा नं ७ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम थारुले बालबिवाह मुक्त वडा घोषणा सम्बन्धी घोषणापत्र बाचन गर्दै वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गर्नुभएको थियो ।

सो अवसरमा बढैयातालमा बालबिवाह हुने प्रचलनलाई शुन्यमा झार्न बालबिवाह बिरुद्ध सामुहिक कार्य गर्नुका साथै २०८१ साल सम्ममा बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका घोषणा गरि छाड्ने प्रतिबद्धता जनाइएको थियो । बलबिवाह मुक्त वडा घोषणा पुर्व बढैयाताल गाउँपालिकाले बालबिवाह अन्त्यका लागि अभियान संचालन निर्देशिका २०८० जारी गरेको थियो । सोही निर्देशिका बमोजिम बढैयाताल वडा नं ७ मा यस निर्देशिकामा उल्लेख भएका ८० प्रतिशत भन्दा धेरै सुचकहरु हासिल गरीसकेको हुँदा यस वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…