Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बालबिवाह मुक्त वडा घोषणा

डेक्स

डेक्स

बालबिवाह मुक्त वडा घोषणा
ADVERTISEMENT

बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ बालविवाह मुक्त वडा घोषणा भएको छ । प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो । 

नेपाल सरकारको बालबिवाह अन्त्यको लागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई साकार पार्न वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

स्थानीयको सहभागितामा आयोजना गरीएको बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थियो । वडा नं ७ बढैयातालका वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न घोषणा समारोह बिभिन्न रयाली, साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ संपन्न गरिएको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीको मुख्य आतिथ्यतामा आयोजित समारोहमा बिशेष अतिथीको रुपमा स्थानीय बालअधिकार समितिका संयोजक तथा पालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधीहरु, धर्म गुरुहरु, समाजिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, प्रहरी प्रमुख तथा प्रतिनिधीहरु, बाल क्लबका प्रतिनिधीहरु लगायत अथितीको रुपमा उपस्थित रहनुभएको थियो ।

सो समारोहमा बालबिवाह न्युनिकरणका लागि सरकारी स्तरबाट भए गरेका कार्यहरुको बिषयमा प्रमुख प्रशाकीय अधिकृत दानबहादुर ऐडीले प्रष्ठ पार्नु भएको थियो भने सामाजिक संघ, संस्थाहरुले बालबिवाह न्युनिकरणमा गरेका कार्यहरुको बिषयमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले प्रष्ट पार्नुभएको थियो ।

त्यसै गरी प्लाल नेपालका कार्यक्रम ब्यबस्थापक अम्बिका प्रसाद तिमिल्सेनाले प्लान नेपालले बाल संरक्षण र बालबिवाह न्युनिकरणमा खेलेको भुमिकाका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । बलबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ बढैयातालमा बालबिवाह न्युनिकरणमा योगदान पुरयाउने, संघ, संस्था र ब्यक्तिहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
वडा नं ७ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम थारुले बालबिवाह मुक्त वडा घोषणा सम्बन्धी घोषणापत्र बाचन गर्दै वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गर्नुभएको थियो ।

सो अवसरमा बढैयातालमा बालबिवाह हुने प्रचलनलाई शुन्यमा झार्न बालबिवाह बिरुद्ध सामुहिक कार्य गर्नुका साथै २०८१ साल सम्ममा बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका घोषणा गरि छाड्ने प्रतिबद्धता जनाइएको थियो । बलबिवाह मुक्त वडा घोषणा पुर्व बढैयाताल गाउँपालिकाले बालबिवाह अन्त्यका लागि अभियान संचालन निर्देशिका २०८० जारी गरेको थियो । सोही निर्देशिका बमोजिम बढैयाताल वडा नं ७ मा यस निर्देशिकामा उल्लेख भएका ८० प्रतिशत भन्दा धेरै सुचकहरु हासिल गरीसकेको हुँदा यस वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…