Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

३ दिने पत्रकारिता तालिम सम्पन्न

डेक्स

डेक्स

३ दिने पत्रकारिता तालिम सम्पन्न
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) २६ जेठ । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित तीनदिने आधारभुत पत्रकारिता तालिम शुक्रबार सकिएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो । 

तालिमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले स्थानीय गाउँ समुदायका सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि यो तालिमले मद्दत पुग्ने बताउनुभयो ।

पाध्यक्ष थारुले पत्रकारिता क्षेत्र निकै जोखिमपुर्ण तथा सम्मानित पेशा भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिदै सत्य तथ्य र निश्पक्षरुपमा रिपोर्टिङ्ग गरि पेशालाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

उहाँले गाउपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाहरुका लागि उद्घोषण तथा पत्रकारिता तालिमको विशेष कार्यक्रम समाबेश गर्ने बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले पत्रकारिता पेशामा जान आधारभुत तालिमले बाटो खोलेको भन्दै आफुलाई निखार बनाउन अध्ययन र लगनशिल भएर लाग्नुपर्ने बताउनुभयो । पत्रकार बन्नका लागि शुरुमा क्षमता अभिबृद्धि मुख्य पाटोको रुपमा रहेकाले पेशा शुरु गरिसके पश्चात एडभान्सस्तरको तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले युवाहरुलाई यो तालिम दिएर यहाका विषयबस्तु तथा सवालमा सहजता हुने बताउनुभयो । 

समापन कार्यक्रममा गाउँपालिकाका ५ नंं. वडा सदस्य कमला विक, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सहभागीका तर्फबाट प्रमिला घर्ति, र धनबहादुर थारुले बोल्नुभएको थियो । 

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो ।

संयोजक केसीका अनुसार ग्रामिण क्षेत्रका सवाललाई संचारमाध्यमसम्म पु¥याउनका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…