Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

गर्मीले जनजिवन कष्टकर, विद्यालय बन्द

डेक्स

डेक्स

गर्मीले जनजिवन कष्टकर, विद्यालय बन्द
ADVERTISEMENT

गर्मी अत्याधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । विद्यार्थीहरू चर्को गर्मीका बीच पनि विद्यालय जान बाध्य भइरहेका छन् । गर्मी बढेपछि विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भएपछि आइतवारदेखि नेपालगन्ज र खजुरा क्षेत्रका सामुदायिक विद्यालयहरु बन्द भएका छन । 

नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरु तीनदिनका लागि बन्द गरेका हुन । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी यही आइतबारदेखि मंगलबारसम्म बन्द गरिएको बताउनुभयो । 

खजुरा गाउँपालिका क्षेत्रका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले एक सूचना जारी गर्दै तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द गरेको बताउनुभयो । 

यसैगरि निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन) बाँकेका अध्यक्ष यम रावतले गर्मी भएपनि हाललाई विद्यालय बन्द नगर्ने गर्मीबाट बच्न उपाय अपनाएको बताउनुभयो । नेपालगन्जको अधिकतम तापक्रम ३८ देखि ४२ डिग्रीको हाराहारीमा रहँदा न्यूनतम तापक्रममा भने अत्याधिक वृद्धि भैरहेको छ । नेपालगन्जको न्यूनतम तापक्रम नै २५ डिग्री नाघ्न थालेको छ । नेपालगन्जमा पछिल्ला दिन अत्याधिक गर्मी महसुस हुन थालेको छ ।

गर्मीसँगै विद्युत आपुर्ति अनियमित हुन थालेको छ । विद्युत अनियमित हुँदा गर्मीको समयमा उपभोक्ताहरु प्रभावित हुन थालेका छन । हरेक बर्ष गर्मी सुरुवातसँगै नेपालगन्जबासीले विद्युत अनियमितताको समस्या झेल्दै आएका छन । 

चर्को घाममा अहिले बाहिर निस्कन निकै सास्ती भएको भएको छ । गर्मीमा विशेष गरि दैनिक मजदुरी गर्ने ठेला मजदुर, सडक पेटीमा पसल थापेका जुत्ता चप्पल सिलाई गर्ने मोची, फलाम बनाउनेहरु बढी प्रभावित बनेका छन । विहान उठ्ने वित्तिकै गर्मीले बाहिर निस्कन कष्टकर हुने गरेको नेपालगन्ज–६ फुल्टेक्राका रामसमुझ कोरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिनभरी काम गर्ने अनि साँझ पेट पाल्नुपर्छ, एकदिन मजदुरी नगरेमा त साँझको छाक टानै मुस्किल हुन्छ, के गर्ने यस्तो चर्को गर्मीमा पनि कष्ट सहेर काम गर्नुपरेछ ।” 

गर्मी बढेपछि यहाँका अस्पतालहरुमा विरामीहरुको संख्या समेत बढेको छ । यहाँस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायतका अस्पतालहरुमा विरामीहरुको संख्या बढेको हो । दैनिक एक सय बढी मौसमी विरामीहरु आउने गरेको भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताउनुभयो । उहाँका अनुसार अहिले गर्मी ह्वात्तै बढेको छ, अहिले झाडापाखाला, बान्ता, चर्मरोग, एलर्जी, ज्वरोलगायत समस्या भएका विरामीहरु बढीमा मात्रामा आउने गरेका छन । 

चर्को घाम र गर्मीको मौसममा चिसो पेय पदार्थहरुको व्यवसाय फस्टाएको छ । नेपालगन्जका विभिन्न चोक तथा सडक पेटीमा उखुको रस, आइसक्रिम, कुल्फी, लस्सी, सर्वतको व्यवसाय फस्टाएको छ ।

 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…