Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गर्मीले जनजिवन कष्टकर, विद्यालय बन्द

डेक्स

डेक्स

गर्मीले जनजिवन कष्टकर, विद्यालय बन्द
ADVERTISEMENT

गर्मी अत्याधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । विद्यार्थीहरू चर्को गर्मीका बीच पनि विद्यालय जान बाध्य भइरहेका छन् । गर्मी बढेपछि विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भएपछि आइतवारदेखि नेपालगन्ज र खजुरा क्षेत्रका सामुदायिक विद्यालयहरु बन्द भएका छन । 

नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरु तीनदिनका लागि बन्द गरेका हुन । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी यही आइतबारदेखि मंगलबारसम्म बन्द गरिएको बताउनुभयो । 

खजुरा गाउँपालिका क्षेत्रका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले एक सूचना जारी गर्दै तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द गरेको बताउनुभयो । 

यसैगरि निजी विद्यालयहरुको छाता संगठन (प्याब्सन) बाँकेका अध्यक्ष यम रावतले गर्मी भएपनि हाललाई विद्यालय बन्द नगर्ने गर्मीबाट बच्न उपाय अपनाएको बताउनुभयो । नेपालगन्जको अधिकतम तापक्रम ३८ देखि ४२ डिग्रीको हाराहारीमा रहँदा न्यूनतम तापक्रममा भने अत्याधिक वृद्धि भैरहेको छ । नेपालगन्जको न्यूनतम तापक्रम नै २५ डिग्री नाघ्न थालेको छ । नेपालगन्जमा पछिल्ला दिन अत्याधिक गर्मी महसुस हुन थालेको छ ।

गर्मीसँगै विद्युत आपुर्ति अनियमित हुन थालेको छ । विद्युत अनियमित हुँदा गर्मीको समयमा उपभोक्ताहरु प्रभावित हुन थालेका छन । हरेक बर्ष गर्मी सुरुवातसँगै नेपालगन्जबासीले विद्युत अनियमितताको समस्या झेल्दै आएका छन । 

चर्को घाममा अहिले बाहिर निस्कन निकै सास्ती भएको भएको छ । गर्मीमा विशेष गरि दैनिक मजदुरी गर्ने ठेला मजदुर, सडक पेटीमा पसल थापेका जुत्ता चप्पल सिलाई गर्ने मोची, फलाम बनाउनेहरु बढी प्रभावित बनेका छन । विहान उठ्ने वित्तिकै गर्मीले बाहिर निस्कन कष्टकर हुने गरेको नेपालगन्ज–६ फुल्टेक्राका रामसमुझ कोरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिनभरी काम गर्ने अनि साँझ पेट पाल्नुपर्छ, एकदिन मजदुरी नगरेमा त साँझको छाक टानै मुस्किल हुन्छ, के गर्ने यस्तो चर्को गर्मीमा पनि कष्ट सहेर काम गर्नुपरेछ ।” 

गर्मी बढेपछि यहाँका अस्पतालहरुमा विरामीहरुको संख्या समेत बढेको छ । यहाँस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायतका अस्पतालहरुमा विरामीहरुको संख्या बढेको हो । दैनिक एक सय बढी मौसमी विरामीहरु आउने गरेको भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताउनुभयो । उहाँका अनुसार अहिले गर्मी ह्वात्तै बढेको छ, अहिले झाडापाखाला, बान्ता, चर्मरोग, एलर्जी, ज्वरोलगायत समस्या भएका विरामीहरु बढीमा मात्रामा आउने गरेका छन । 

चर्को घाम र गर्मीको मौसममा चिसो पेय पदार्थहरुको व्यवसाय फस्टाएको छ । नेपालगन्जका विभिन्न चोक तथा सडक पेटीमा उखुको रस, आइसक्रिम, कुल्फी, लस्सी, सर्वतको व्यवसाय फस्टाएको छ ।

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…