Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

यादव समाजको अध्यक्षमा सूर्यलाल निर्वाचित

डेक्स

डेक्स

यादव समाजको अध्यक्षमा सूर्यलाल निर्वाचित
ADVERTISEMENT

नेपालगञ्ज । यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित हुनुभएको छ । सेवा केन्द्रको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो महाधिवेशनबाट सूर्यलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ ।  

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हेमराज यादव, महिला उपाध्यक्षमा बिमला कुमारी यादव, कोषाध्यक्षमा रमेश कुमार यादव, सचिवमा रमेश यादव र महासचिवमा देवराज यादव निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा श्यामा यादव, लवकुश यादव, मनोज यादव, देवानन्द यादव, देवफल यादव, रामसमुझ यादव, बिरेन्द्र कुमार यादव, गोबिन्द यादव र सिलम यादव निर्वाचित हुनुभएको हो । 

यस्तै सेवा केन्द्रलाई बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको छ । महाधिवेशनको उद्घाटन शत्रको अवसरमा बाँकेका बिभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेकाहरुलाई सम्मानित गरेको हो । 

सम्मानित हुनेहरुमा लुम्बिनी प्रदेशको कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल यादव, पुर्व मन्त्री बिजय यादव, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, जानकी वडा नं ५ का वडा अध्यक्ष टिकानाथ यादव, खजुरा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष राम गोपाल यादव तथा संस्थापक कार्यसमिति रहेको छ । 

यसैगरी जिल्लाका बिभिन्न वडाहरुमा निर्वाचित यादव समुदायबाट प्रतिनिधित्व गर्ने वडा सदस्यहरु तथा सेवा केन्द्रका सल्लाहरुकारहरु स्वर्गीय दिनेशचन्द यादव, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादव, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख राम सुरेश यादव र तत्कालिन शम्शेरगंज गाबिस अध्यक्ष राम लौटन यादवलाई सम्मानित गरिएको छ । 

पुर्व राज्य मन्त्री समेत रहेका स्वर्गीय दिनेशचन्द्रलाई मरणोपरान्त सम्मानबाट सम्मानित गरिएको हो भने सो सम्मान उहाँका छोरा बिक्रम यादवले ग्रहण गर्नुभएको थियो । लामो समयदेखि जिल्लामा यादव समुदायका व्यक्तिहरु बिभिन्न उच्च ओहदामा रहेर उल्लेख्य योगदान दिइरहेकोले समाजप्रतिको सकारात्मक सोंच यसैगरी सदा रहोस र अन्यलाई समेत यस प्रकारको कार्य गर्ने प्रेरणा मिल्ने अपेक्षाका साथ बिभिन्न व्यक्तितत्वलाई सम्मानित गरिएको नवनिर्वाचित अध्यक्ष सूर्यलालले जानकारी दिनुभयो । 

ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

यो पनि

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…