Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

राप्ती सोनारीमा नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन

डेक्स

डेक्स

राप्ती सोनारीमा नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०(८१ मा निर्माण हुने नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन भएको छ । 

प्रशासकीय भवनको स्थान एकिन, सिक्टा सिँचाइ आयोजनाको नहर विस्तारका क्रममा उत्पन्न विवाद समाधान लगायतका विषयमा छलफल प्रस्ताव भए पनि अधिकांशले कृषि र शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन  । 

पूर्व मन्त्री प्रेम भण्डारीले राप्तीसोनारीलाई आत्मनिर्भर उन्मुख बनाउनुपर्ने सुझाव दिँदै सिक्टामा भएको लगानी अनुसारको प्रतिफल प्राप्तका लागि पालिकाले योजना बनाउनुपर्ने बताउनुभयो । 

उहाँले अनुगमन र प्रभाव मूल्यांकन गर्न सरोकारवाला निकायहरुको दायित्व रहेको बताउँदै विकासका योजना उत्पादनमुखी हुनुपर्ने, शिक्षामा आवश्यकता अनुसार जनशक्ति हुनुपर्ने, रोजगारी सृजना गर्न लगानी गर्नुपर्ने सुभाव दिनुभयो ।  

 संविधानसभा सदस्य प्रदिपकुमार थारुले पनि राप्तीसोनारीले आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै किसानलाई आवश्यक पर्ने जल, मल र बीउको आवश्यकतालाई पालिकाले ध्यान दिन आग्रह गर्नुभयो । 

उहाँले सिक्टा शाखा नहरको व्यवस्थापन हुनुपर्ने, कृषि अनुदानको वितरण न्यायिक हुनुपर्ने, पशुचौपाया नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधारको विकास गर्नुपर्ने, औषधि नियमित र व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो। 

राप्तीसोनारीले नदीको आय ठेक्का व्यवस्थापनमा ध्यान दिनुपर्ने, लक्षित वर्ग कार्यक्रम वैज्ञानिक गर्नुपर्ने र प्राविधिक शिक्षामा पालिकाले जोड दिनुपर्ने सुझाव दिएका छन । 

पालिकाका पूर्व अध्यक्ष लाहुराम थारुले विद्यालय समायोजन गर्दा विद्यमान अवस्थाको लेखाजोखा गर्नुपर्ने बताउनुभयो ।  उहाँले माध्यमिक विद्यालयमा शिक्षकको कमी रहेको, विद्यालयमा विद्यार्थीको चापका कारण शिक्षण सिकाईमा कमी आएको, खानेपानीसम्बन्धी सरोकारवालासँग समन्वय गर्नुपर्ने, नीतिगत निर्णय गर्नुपर्ने, बीउ ग्रेडिङका लागि अनुदान उपलब्ध गराउनुपर्ने, जग्गाको मुआब्जा प्रचलित बजार दररेट अनुसार हुनुपर्ने र प्रशासकीय भवन यथावत रहनुपर्ने लगायतका सुझाव दिनुभयो । 
गाउँपालिका अध्यक्ष तप्त पौडेलले राप्तीसोनारीलाई समृद्ध बनाउनको निमित्त सरोकारवालाहरुको सुझाव र सहयोगको आवश्यक रहेको भन्दैसरोकारवालाहरुको सल्लाह र सुझावकै आधारमा आर्थिक वर्ष २०८० ( ०८१ मा निर्माण हुने नीति तथा कार्यक्रम र बजेट विनियोजन हुने जानकारी दिनुभयो । 

यसका अलवा कार्यक्रममा सहभागीले पालिकामा सन्तुलित विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयको शिक्षा पश्चात रोजगारको सुनिश्चित हुनुपर्ने, विपद व्यवस्थापन तथा तटबन्धनमा ध्यान दिनुपर्ने, कृषि गुरु योजना तयार गर्नुपर्ने, पालिकालाई नगर उन्मुख बनाउनुपर्नेमा जोड दिएक छन ।  जोड दिए । 

गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले आर्थिक वर्ष २०८०(०८१ मा गाउँपालिकाले उत्पादकमुलक र उद्यमशिलतामा जोडदिने बताउनुभयो । 

आगामी वर्षका लागि कार्यपालिका, वडा कार्यालयले पनि अन्य विषय भन्दा कृषि, स्वास्थ्य र शिक्षालाई बढी जोड दिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा बताउनुहुन्छ । 

ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …