Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

नवनिर्मित अत्याधुनिक भवनमा गृह प्रबेश

डेक्स

डेक्स

नवनिर्मित अत्याधुनिक भवनमा गृह प्रबेश
ADVERTISEMENT

नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो । 


आज बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी आज शुभसाईतमा पुजा गर्नुभएको छ ।

गाउँपालिकामा हिन्दु र इस्लाम धार्मिक परम्पराअनुसार छुट्टाछुट्टै पुजा गरिएको थियो । गृह प्रबेश कार्यक्रममा गाउँपलिका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानी, शिवकुमार जायसवाललगायत सम्पुर्ण जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सेवाग्राही, शुभचिन्तक,सुभेछुकलगायतको सहधभागिता रहेको थियो । 


आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीको नेतृत्वमा आचार्य गौनन्दन शास्त्रीजी महाराज, आचार्य मुकुन्द, तिरथराम पाठक र सिता शर्मालगायत ७ जनाले बैद्धिक विधीअनुसार पुजा गराउनुभएको थियो ।

यसैगरि इस्लाम धर्मका मौलाना र मुक्तीद्धारा पनि शुभसाईतमा पुजापाठ गरि भवनबाट कार्यालयको सेवा शुरु भएको छ । भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्नमा सहजता भएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । 


अध्यक्ष चौधरीले भन्नुभयो,–“कार्यालय भवनको अभावमा कर्मचारीलाई बस्न समस्या छ, यसले कर्मचारी र सेवाग्राहीविचको सम्वन्ध समेत दुरी बनाएको थियो ।” त्यसैले यो नयाँ भवनले सेवा प्रवाहमा सहजता हुन्छ उहाँले भन्नुभयो । पालिकालाई सवारी साधन, विभिन्न इकुमेन्ट, मेसिन, औषधी स्टोरलगायत व्यवस्थापन गर्ने समस्या अब अन्त्य भएको छ । 


वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताउनुभयो ।

उहाँका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठुलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारी साधनका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षा गार्ड रुम र लिफ्टसहितको भवन निमार्ण भएको छ । 


गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ ।

रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…