Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

डेक्स

डेक्स

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी
ADVERTISEMENT

नेपालगञ्ज ।  रुपन्देहीको बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी भएको  छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले जेठ ६ र ७ गते सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा देशभरका करिव १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका०को संयोजनमा सम्मेलनको तयारी गरिएको सदस्य सचिव अनन्त सिलवालले जानकारी दिनुभयो।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताउनुभयो।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भए पनि राज्यले कानूनी रुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले उल्लेख गर्नुभयो ।

नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरुलाई सहज रुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरुको राष्ट्रियस्तरको संजाल निर्माण गर्ने सम्मेलनका प्रचार संयोजक डीआर घिमिरेले जानकारी दिनुभयो । 

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानूनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेश गर्नेछन् । समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मूल्य अभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिएको सदस्य सचिव सिलवालले जानकारी दिए । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्र जारी गर्ने उहाँले बताउनुभयो । 

ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …