Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बालविवाह रोक्न जानकीमा छोरी कल्याण कार्यक्रम

डेक्स

डेक्स

बालविवाह रोक्न जानकीमा छोरी कल्याण कार्यक्रम
ADVERTISEMENT

बाँकेको जानकी गाउँपालिकाले बालिकाहरुको बीमा गर्न शुरु गरेको छ । गाउँपालिकाको १२औँ गाउँसभाले पारित गरेको छोरी कल्याण कार्यक्रमअन्तर्गत बीमा गर्न शुरु गरिएको हो । 

बालिका जन्मिसकेपछि जन्मदर्ता गर्दाका बखत दुईवटा फोटो बुझाएमा बालिकाको २० वर्षसम्मका लागि रु एक लाखसम्मको बीमा गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष रु पाँच हजार बालिकाको खातामा जम्मा गरिनेछ । 

२०७९ साउनदेखि पालिकाभित्र जन्मिएका सम्पूर्ण बालिकाहरुको बीमा गर्ने गरिएको छ । छोरी कल्याण कार्यक्रमले छोरीप्रतिको सामाजिक धारणामा परिवर्तन आउने, समयमा जन्मदर्ता गराउने, बालविवाह न्युनिकरण र उच्च शिक्षा हासिल गर्नका लागि मद्दत पुग्ने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । 

चालु आर्थिक वर्ष ०७९।०८०मा दुई सय जना बालिकाको बीमा गर्ने लक्ष्य राखिएकोमा हालसम्म एक सय २६ जनाको बीमा गरिसकेको प्रमुख प्रशासकिय अधिकृत डाँगीले बताउनुभयो । मधेशी समुदायमा छोरी जन्मिएपछि शिक्षा नदिने, सानै उमेरमा विवाह गर्ने र घरको काममा लगायने समस्या भएकाले यो कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । 

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …