Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पर्यटन प्रर्वद्धन उच्च प्राथमिकतामाः मुख्यमन्त्री चौधरी

डेक्स

डेक्स

पर्यटन प्रर्वद्धन उच्च प्राथमिकतामाः मुख्यमन्त्री चौधरी
ADVERTISEMENT

नेपालगञ्ज । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास, र बिस्तारलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउनेमा उहाँले जोड दिनुभयो ।  बैजनाथ गाउँपालिका १ स्थित पर्यटकीय क्षेत्र गाभर भ्यालीको स्थलगत भ्रमणका क्रममा उहाँले प्रदेश सरकारले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।  
 ‘पर्यटकलाई भित्र्याउन सक्ने हो भने विदेशी मुद्रा आर्जन हुन्छ । यसले देशको अर्थतन्त्रमा टेवा पुर्याउँछ नै स्थानीयस्तरमा रोजगार सिर्जना भई गरिवी निवारणमा टेवा पुर्याउँछ,’ उहाँले भन्नुभयो । 

प्रतिनिधीसभा सांसद तथा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित गाभर भ्याली पुगेका मुख्यमन्त्री चौधरीले प्रदेश योजना तथा नीति आयोग र प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखलाई गाभर भ्यालीमा थप लगानी गरी यसलाई प्रदेशकै प्रमुख गन्तव्यको रुपमा अघि बढाउन निर्देशन दिनुभयो । 
मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशको प्रवेशद्वारमा रहेको गाभरको पर्यटकीय विकासका लागि होमस्टेसँगै यस क्षेत्रमा वस्ती ब्यवस्थापन, सडक निर्माण तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न योजनावद्ध तरिकाले तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । 

मुख्यमन्त्री चौधरीले गाभरको पर्यटकीय विकासका लागि चासो दिदैं स्थलगत अनूगमन गरेपछि आगामी आवको बार्षिक बजेटमा गाभरबासीका माग सम्बोधन हुने गाभर भ्याली होमस्टेका परिकल्पनाकार कृष्ण चौधरीले बताउनुभयो । 

गाभर भ्याली होमस्टे थारु परिकार, हाइकि र जङ्गल सफारीका लागि परिचित छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…