Pairabi logo

असोज २६, २०८३, सोमबार                    

थालसेमियाका बिरामीको पहिचान खुल्दै

डेक्स

डेक्स

थालसेमियाका बिरामीको पहिचान खुल्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँके र बर्दियामा थालसेमियाका विरामीको पहिचान खुल्न  थालेको छ । 
बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका विरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिनुभयो । 
जिल्लाको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि विरामीको पहिचान भएकाले थालसेमियाका विरामीको सङ्ख्या समेत वढन थालेको फिजिसियन डा. पाण्डे बताउनुहुन्छ । उहाँले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्ष यतादेखि भेरी अस्पतालमा निशुल्क परीक्षण भइरहेको बताउनुभयो । 
भेरी अस्पताल, नेपालगञ्जमा अहिले थालसेमियाका दैनिक विरामी आउने गरेका छन । उनीहरुमा जण्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउने लगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो । 
थालसेमियाको रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उहाँले फिजिसियन चिकित्सकले विरामी हेरिरहेको बताउनुभयो । 
थालसेमिया सिकलसेल जस्तै रगतसँग सम्वन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थयको समस्याको रुपमा परिभाषा गर्दै रु. १ लाखसम्मको औषधी निशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका विरामीले सो सुविधा पाएका छैनन । 
थालसेमियाका विरामीको उपचारमा संलग्न नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमिया जस्तो रक्त अल्पताको समस्या लिएर विरामी आउने गरेको बताउनुभयो । 
उहाँले अहिले करिव ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारको लागि आएको र यीमध्ये करिव १४ जना नेपालगञ्जका विभिन्न समुदायका रहेको जानकारी दिनुभयो । सो रोगका ८० प्रतिशत विरामी थारु समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारु, मुश्लिम, जनजाती, मधेसी सुमदायका रहेका छन । 
नेपालगञ्जमा निजि क्षेत्रबाट सञ्चालित कान्ति आरेग्य अस्पतालमा आउने थाल्सेमियाका विरामीलाई बेड चार्जदेखि डाक्टरको फिस र कुरुवा बस्ने सुबिधा निशुल्क रुपले उपलब्ध गराएको गराएको छ ।
बर्दियाका फकिरे थारुले थालसेमियका विरामीलाई राज्यले निशुल्क औषधी तथा उपचारको प्रवन्ध गर्न माग गदै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…