Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

थालसेमियाका बिरामीको पहिचान खुल्दै

डेक्स

डेक्स

थालसेमियाका बिरामीको पहिचान खुल्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँके र बर्दियामा थालसेमियाका विरामीको पहिचान खुल्न  थालेको छ । 
बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका विरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिनुभयो । 
जिल्लाको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि विरामीको पहिचान भएकाले थालसेमियाका विरामीको सङ्ख्या समेत वढन थालेको फिजिसियन डा. पाण्डे बताउनुहुन्छ । उहाँले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्ष यतादेखि भेरी अस्पतालमा निशुल्क परीक्षण भइरहेको बताउनुभयो । 
भेरी अस्पताल, नेपालगञ्जमा अहिले थालसेमियाका दैनिक विरामी आउने गरेका छन । उनीहरुमा जण्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउने लगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो । 
थालसेमियाको रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उहाँले फिजिसियन चिकित्सकले विरामी हेरिरहेको बताउनुभयो । 
थालसेमिया सिकलसेल जस्तै रगतसँग सम्वन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थयको समस्याको रुपमा परिभाषा गर्दै रु. १ लाखसम्मको औषधी निशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका विरामीले सो सुविधा पाएका छैनन । 
थालसेमियाका विरामीको उपचारमा संलग्न नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमिया जस्तो रक्त अल्पताको समस्या लिएर विरामी आउने गरेको बताउनुभयो । 
उहाँले अहिले करिव ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारको लागि आएको र यीमध्ये करिव १४ जना नेपालगञ्जका विभिन्न समुदायका रहेको जानकारी दिनुभयो । सो रोगका ८० प्रतिशत विरामी थारु समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारु, मुश्लिम, जनजाती, मधेसी सुमदायका रहेका छन । 
नेपालगञ्जमा निजि क्षेत्रबाट सञ्चालित कान्ति आरेग्य अस्पतालमा आउने थाल्सेमियाका विरामीलाई बेड चार्जदेखि डाक्टरको फिस र कुरुवा बस्ने सुबिधा निशुल्क रुपले उपलब्ध गराएको गराएको छ ।
बर्दियाका फकिरे थारुले थालसेमियका विरामीलाई राज्यले निशुल्क औषधी तथा उपचारको प्रवन्ध गर्न माग गदै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताउनुभयो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…