Pairabi logo

पुस २६, २०८२, शनिबार                    

बजेटका सिद्धान्त र प्राथमिकता

डेक्स

डेक्स

बजेटका सिद्धान्त र प्राथमिकता
ADVERTISEMENT

नेपालगञ्ज ।  अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।संघीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभयो । उहाँले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा सुधार भएको बताए। उनले आगामी बजेट दिगो, फराकिलो, समावेशी र आर्थिक बृद्धि हासिल गर्ने खालको हुने बताउनुभयो । 

उहाँले निजी क्षेत्रको मनोबल बढाउँदै बजारलाई चलायमान बनाउने गरी बजेट ल्याउने उल्लख गर्नुभयो । 

आर्थिक वर्ष २०८०(८२ को लागि विनियोजन विधेयक प्रस्तुत गर्दै उहाँले सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बृद्धि गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने खालको ल्याउने बताउनुभयो । 

बित्त नीति र मौद्रिक नीतिबीच तादम्यता मिलाइने भन्दै उहाँले सार्वजनिक वित्तको पुनर्संरचना गरिनेमा जोड दिनुभयो ।  स्वदेशी र विदेशी लगानी प्रोत्साहित गरी रोजगारी अभिबृद्धि गरिने उहाँको भनाई छ । 

गरिव र धनीबीचको खाडल घटाउने भन्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराइने बताउनुभयो । 

अर्थमन्त्री महतले प्रादेशिक सन्तुलनलाई ख्याल गरेर स्रोत ब्यवस्थापन गरिनेमा जोड दिदै विकास प्रयासमा जनताको सहभागिता बढाइने भन्दै उहाँले भूमिहिन नागरिकको समस्या समाधान गरिने बताउनुभयो । 

अर्थमन्त्री महतले निजी क्षेत्रलाई आर्थिक बृद्धिको संवाहक बनाइने भन्दै नीतिगत स्थिरता, प्रकृया सरलीकृत गरेर स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गरिने उल्लेख गर्नुभयो ।  

उहाँले  वित्तीय क्षेत्रमा पुँजीगत उपलब्धतालाई सहजीकरण गर्दै अनौपचारिक आर्थिक कृयाकलापलाई औपचारिकमा ल्याउने प्रयास गरिने छ भन्नुभयो । 

उहाँले क्षेत्रगत प्राथमिकताका बारेमा पनि बजेट ल्याइने बताए। कृषि क्षेत्रमा उत्पादन बढाउन आत्मनिर्भर बनाइने भन्दै कृषि अनुदान प्रणालीमा सुधार गरेर वास्तविक कृषकमा पुर्याउने योजना ल्याउने उहाँको भनाई छ। रैथाने र प्राङ्गरिक खेतीलाई प्रोत्साहित गर्ने मा जोड दिदै ब्यावसायिक उत्पादनका लागि नश्लसुधार गरिने कार्यक्रम ल्याउने बताउनुभयो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…