Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बजेटका सिद्धान्त र प्राथमिकता

डेक्स

डेक्स

बजेटका सिद्धान्त र प्राथमिकता
ADVERTISEMENT

नेपालगञ्ज ।  अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।संघीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभयो । उहाँले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा सुधार भएको बताए। उनले आगामी बजेट दिगो, फराकिलो, समावेशी र आर्थिक बृद्धि हासिल गर्ने खालको हुने बताउनुभयो । 

उहाँले निजी क्षेत्रको मनोबल बढाउँदै बजारलाई चलायमान बनाउने गरी बजेट ल्याउने उल्लख गर्नुभयो । 

आर्थिक वर्ष २०८०(८२ को लागि विनियोजन विधेयक प्रस्तुत गर्दै उहाँले सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बृद्धि गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने खालको ल्याउने बताउनुभयो । 

बित्त नीति र मौद्रिक नीतिबीच तादम्यता मिलाइने भन्दै उहाँले सार्वजनिक वित्तको पुनर्संरचना गरिनेमा जोड दिनुभयो ।  स्वदेशी र विदेशी लगानी प्रोत्साहित गरी रोजगारी अभिबृद्धि गरिने उहाँको भनाई छ । 

गरिव र धनीबीचको खाडल घटाउने भन्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराइने बताउनुभयो । 

अर्थमन्त्री महतले प्रादेशिक सन्तुलनलाई ख्याल गरेर स्रोत ब्यवस्थापन गरिनेमा जोड दिदै विकास प्रयासमा जनताको सहभागिता बढाइने भन्दै उहाँले भूमिहिन नागरिकको समस्या समाधान गरिने बताउनुभयो । 

अर्थमन्त्री महतले निजी क्षेत्रलाई आर्थिक बृद्धिको संवाहक बनाइने भन्दै नीतिगत स्थिरता, प्रकृया सरलीकृत गरेर स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गरिने उल्लेख गर्नुभयो ।  

उहाँले  वित्तीय क्षेत्रमा पुँजीगत उपलब्धतालाई सहजीकरण गर्दै अनौपचारिक आर्थिक कृयाकलापलाई औपचारिकमा ल्याउने प्रयास गरिने छ भन्नुभयो । 

उहाँले क्षेत्रगत प्राथमिकताका बारेमा पनि बजेट ल्याइने बताए। कृषि क्षेत्रमा उत्पादन बढाउन आत्मनिर्भर बनाइने भन्दै कृषि अनुदान प्रणालीमा सुधार गरेर वास्तविक कृषकमा पुर्याउने योजना ल्याउने उहाँको भनाई छ। रैथाने र प्राङ्गरिक खेतीलाई प्रोत्साहित गर्ने मा जोड दिदै ब्यावसायिक उत्पादनका लागि नश्लसुधार गरिने कार्यक्रम ल्याउने बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…