Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

नेपालगञ्जमा इ रिक्साको व्यवस्थापन हुँदै

डेक्स

डेक्स

नेपालगञ्जमा इ रिक्साको व्यवस्थापन हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  इ–रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आइतवारदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको शुरुवात गणेशमान चोकबाट गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत सरोकारवालाहरुले सडकमा गुडिरहेका इ–रिक्साहरुको आधिकारिकता परीक्षणसंगै अवैधानिक तरिकाले नचलाउन सचेत समेत गराएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो ।

नगरमा जथाभावी इ–रिक्सा चलाउँदा नियमन र अनुगमनसंगै अभिलेखीकरणमा पनि समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दर्ता प्रक्रियामा ल्याउन यसअघि नै पटक–पटक ताकेता गरिसकेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका दर्ता भएका इ–रिक्सा मात्रै नगरभित्र सञ्चालन गर्न दिने स्पष्ट नीतिका साथ अघि बढेको छ । अन्य पालिकामा दर्ता भएका इ–रिक्सा पनि नेपालगञ्जमै जथाभावीरुपले चल्दा व्यवस्थापनमा चुनौती थपिनुका साथै दुर्घटना समेत बढेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

‘चालकले अनिवार्यरुपमा चालक अनुमतिपत्र लिएको हुनुपर्दछ, फोटोसहितको अभिलेख हामीले राख्छौं, नियमपूर्वक चलेका छन् कि छैनन् हेर्छौं, केही दिन सम्झाउँछौं, बुझाउँछौं,’ नगर प्रमुख विष्टले भने, ‘त्यसपछि भने हामी निर्मम ढंगले प्रस्तुत हुन्छौं, चुस्त दुरुस्त व्यवस्थापन गर्ने कुरामा दृढताका साथ अघि बढ्छौं ।’

उहाँले यो अभियानको समयावधिभित्र पनि दर्ता प्रक्रियामा नआउने इ–रिक्साहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने स्पष्ट पार्नुभयो । इ–रिक्सा व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख विष्टको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले रिक्साहरुलाई राजश्व शाखामा अनिवार्य दर्ता गराउन पटक पटक सूचना समेत जारी गरिसकेको छ । राजश्व शाखामा दर्ता भएपछि चालक अनुमतिपत्र प्रदान गर्दै इ–रिक्सा चलाउँदा ध्यान दिनुपर्ने विषयमा आवश्यक तालिम समेत दिने गरिएको छ ।

नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ । यी मध्ये हालसम्म २ हजार रिक्सा मात्रै राजश्व शाखामा दर्ता भएको शाखा प्रमुख विरबहादुर थापाले जानकारी दिए । निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा सार्वजनिक साधनका रुपमा प्रयोग गर्नेको संख्या अत्याधिक रहेको छ । रातो नम्बर प्लेटलाई आफूखुशी कालो बनाएर चलाउनेहरुको संख्या पनि ठूलो देखिएको छ ।

उपप्रमुख राईले नेपालगञ्जले थेग्न नसक्ने गरी अनियन्त्रितरुपमा बढेका इ–रिक्साहरुको उचित व्यवस्थापन गर्न लागिपरेको बताए । केही दिन सचेतनामूलक अभियान चलाउँछौं, हाम्रो नीति र मापदण्ड अनुसार चल्न सचेत बनाउँछौं, दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा योजनाबद्ध हिसाबले अघि बढ्छौं, उपप्रमुख राईले भन्नुभयो।

इ–रिक्सामा साइड सिसा राखेरनराखेको, एक साइडमा डण्डी हालेरनहालेको, रातो नम्बर प्लेटका रिक्साले यात्रु ओसारेरनओसारेको, रातोलाई आफूखुशी कालो बनाएर अवैध ढंगले चलाएरनचलाएको, हेडलाइटको अवस्था लगायत कुरालाई मसिनो गरी हेरेर नियमन र अनुगमनको पाटोलाई प्रभावकारी बनाइने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…