Pairabi logo

मंसिर २६, २०८२, बिहीबार                    

पशुको दानाको मूल्य घटदै

डेक्स

डेक्स

पशुको दानाको मूल्य घटदै
ADVERTISEMENT

नेपालगञ्ज । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ। कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताउनुभयो । 

अबको साता १० दिनमा सबै प्रकारका दानाको मूल्य घट्ने जानकारी दिदै उहाँले यसका लागि सबै दाना उद्योगी व्यवसायीहरुलाई परिपत्र जारी गरिसकिएको बताउनुभयो । 

हाल बजारमा नयाँ मकै प्रतिकेजी रु.३५ देखि रु.३६ र भटमासको पिना प्रतिकेजी रु ९५  छ। दाना बनाउन प्रयोग हुने मकै र पिना सस्तिएकाले दानाको मूल्य घटाउन किसानहरुले समेत माग राख्दै आएका छन्।

नयाँ मूल्य समायोजनमा केही समय लागेपनि आगामी जेठसम्म समायोजन हुने बताइएको छ । 

‘दानाको मूल्य संघले निर्धारण गर्दैन। व्यवसायीहरुले नै आफै मूल्य घटाउने हो। नयाँ मकै राम्रो बजारमा आएपछि खरिद मूल्य र लागत खर्च हेरेरमात्र मूल्य घट्ने गरेको छ।’ उहाँले भन्नुभयो । 

भ्याली पेलेट फिड्स उद्योगका अनुसार जेठ महिनादेखि बजारमा नयाँ मकै आएपछि दानाको मूल्य घट्नेछ।

स्वदेशी उत्पादन मकैले करिब २ देखि ३ महिनामात्र दाना उत्पादन गर्न पुग्ने व्यवसायीहरु बताउँछन्। हाल भटमासको पिना र मकै सहज रुपमा आयात भइरहेको छ।

युक्रेन र रुसको युद्ध अघि भटमासको पिना ७५ रुपैयाँ प्रतिकेजी थियो। गत वर्ष मकै प्रतिकेजी रु.४५ रुपैयाँ र भटमासको पिना एक सय रुपैयाँसम्म पुगेको थियो। दानाको मूल्य पनि बढ्दै रु.५० केजीको बोराको रु ४५ सय रुपैयाँसम्म थियो।

ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…