Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बागेश्वरीको महाआरतीमा राजपरिवारको सहभागिता

डेक्स

डेक्स

बागेश्वरीको महाआरतीमा राजपरिवारको सहभागिता
ADVERTISEMENT

प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरमा सुरु भएको सन्ध्याकालिन साप्ताहिक महाआरतीमा आज सोमबार राजा ज्ञानेन्द्र शाह सहित राजपरिवारले सहभागिता जनाएका छन् । महाआरतीमा राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागि हुनुभयो ।

पश्चिम नेपालको एक महिने भ्रमणका लागि गत शुक्रबार नेपालगन्ज आउनुभएका राजा ज्ञानेन्द्र सहित राजपरिवारले बागेश्वरी मन्दिरमा हुने साप्ताहिक महाआरतीमा सहभागि हुनुभयो । बागेश्वरी मन्दिरमा प्रत्येक हप्ताको सोमबार महाआरती हुने गर्दछ । यो १४ औं संस्करणको महाआरती हो । पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा हुने साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएपछि अन्यदिनभन्दा सर्वसाधरण तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो । 
राजा ज्ञानेन्द्रलाई राप्रपाका महामन्त्री एवम प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणा, बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी लगायतले स्वागत गर्नुभएको थियो ।  बागेश्वरी मन्दिर प्रवेश गर्नुभएका राजा ज्ञानेन्द्रले महाआरतीमा सहभागि जनाउनु अघि बागेश्वरी मन्दिरमा विशेष पुजा गर्नुभएको थियो । बागेश्वरीको पुजा पश्चात राजा र राजपरिवार महाआरतीमा सहभागि हुनुभएको थियो । 


महाआरतीमा राजपरिवारको सहभागिता हुने भएपछि महाआरती स्थल र बागेश्वरी मन्दिर सरसफाई गरिनुका साथै सिंगारिएको थियो । नेपालगन्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गरिदैँ आएको छ । महाआरतीमा दिन प्रतिदिन भक्तजनको घुँइचो लागिरहेको छ । 
हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।  एक महिने पश्चिम नेपालको भ्रमणमा नेपालगन्ज आएका राजा ज्ञानेन्द्रको यही वैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…