Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बागेश्वरीको महाआरतीमा राजपरिवारको सहभागिता

डेक्स

डेक्स

बागेश्वरीको महाआरतीमा राजपरिवारको सहभागिता
ADVERTISEMENT

प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरमा सुरु भएको सन्ध्याकालिन साप्ताहिक महाआरतीमा आज सोमबार राजा ज्ञानेन्द्र शाह सहित राजपरिवारले सहभागिता जनाएका छन् । महाआरतीमा राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागि हुनुभयो ।

पश्चिम नेपालको एक महिने भ्रमणका लागि गत शुक्रबार नेपालगन्ज आउनुभएका राजा ज्ञानेन्द्र सहित राजपरिवारले बागेश्वरी मन्दिरमा हुने साप्ताहिक महाआरतीमा सहभागि हुनुभयो । बागेश्वरी मन्दिरमा प्रत्येक हप्ताको सोमबार महाआरती हुने गर्दछ । यो १४ औं संस्करणको महाआरती हो । पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा हुने साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएपछि अन्यदिनभन्दा सर्वसाधरण तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो । 
राजा ज्ञानेन्द्रलाई राप्रपाका महामन्त्री एवम प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणा, बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी लगायतले स्वागत गर्नुभएको थियो ।  बागेश्वरी मन्दिर प्रवेश गर्नुभएका राजा ज्ञानेन्द्रले महाआरतीमा सहभागि जनाउनु अघि बागेश्वरी मन्दिरमा विशेष पुजा गर्नुभएको थियो । बागेश्वरीको पुजा पश्चात राजा र राजपरिवार महाआरतीमा सहभागि हुनुभएको थियो । 


महाआरतीमा राजपरिवारको सहभागिता हुने भएपछि महाआरती स्थल र बागेश्वरी मन्दिर सरसफाई गरिनुका साथै सिंगारिएको थियो । नेपालगन्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गरिदैँ आएको छ । महाआरतीमा दिन प्रतिदिन भक्तजनको घुँइचो लागिरहेको छ । 
हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।  एक महिने पश्चिम नेपालको भ्रमणमा नेपालगन्ज आएका राजा ज्ञानेन्द्रको यही वैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…