Pairabi logo

माघ १३, २०८२, सोमबार                    

राजापुरमा बेपत्ता परिवारलाई भत्ता

डेक्स

डेक्स

राजापुरमा बेपत्ता परिवारलाई भत्ता
ADVERTISEMENT

नेपालगञ्ज ।  बर्दियाको राजापुर नगरपालिकाले स्थानीय रुपमा कार्यविधि बनाएर द्धन्द्ध पीडितलाई राहत वितरण गरेको छ ।

राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९।०८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु. २००० भत्ता वितरण गरेको जानकारी दिनुभयो ।

‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भएपनि यसले राहत दिएको छ ’उहाँले भन्नुभयो ।

प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रवन्ध गरिने बताउनुभयो ।

राजपुर नगरपालिकाले द्धन्द्ध पीडितलाई सवल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि रु. ६५ लाख बजेट छुट्टाएको छ । नगरपालिकाको आन्तकि स्रोतबाट हुने आम्दानी करिव रु. ७ करोड रहेको बताइएको छ ।

राजापुरकी द्धन्द्ध पीडित रविना चौधरीले आफूहरुले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रंशसनीय काम भएको बताउनुभयो ।

‘हामीले केहीले बाख्रा पालन गरेका छौ, केहीले सिलाई कटाईको काम गरेर जीवन चलाएका छौ’उहाँले भन्नुभयो । 

चौधरीले आफूहरुलाई स्वास्थ्य बीमा लगायतका सुविधा आवश्यक भएकोमा जोड दिदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताउनुभयो ।

राजापुर नगरपालिकाका द्धन्द्ध पीडित सुजन थारुले परिपुरण र क्षतिपूर्ति भए पनि द्धन्द्ध पीडितलाई राहत हुने उल्लेख गर्दै द्धन्द्धका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताउनुभयो । राजापुरमा १०६ जना द्धन्द्ध पीडित स्वरोजगार कार्यक्रममा छन । 

‘परिपुरण र क्षतिपूर्ति भए, माफि दिँदा पनि राम्रो हुन्छ’उहाँले भन्नुभयो । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइएको बताइएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …