Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नरैनापुरमा योग शिविर, शाखा गठन

डेक्स

डेक्स

नरैनापुरमा योग शिविर, शाखा गठन
ADVERTISEMENT

गरौं योग । रहौ निरोगी भन्ने नाराका साथ नरैनापुरमा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ । स्वास्थ्य सम्बन्धि जानकारी दिने उदेश्यले नरैनापुर गाँउपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु गिरिराज भट्टराईले प्रशिक्षिण दिनु भएको थियो ।


शिबिरको समापन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालमा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा योगका माध्यम बाट रोग नियन्त्रण गर्न सहयोग मिल्ने बताउनु भयो । उहाँले मानसिक तनाब कम गर्न योग सबैले गर्नु आवश्यक रहेको बताउदै योग गर्न पालिकाले योग समिति संग सहकार्य गरी अगाडि बढ्ने बताउनु जिकिर गर्नु भएको थियो ।


उहाँले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताउनु भयो । उहाँले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताउनु भएको थियो । योग गुरु गिरिराज भट्टराईले भन्नुभयो,योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुन्छ ।

मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ । उसले लोककल्याणकारी काम गर्दछ । योगको अभ्यास गरी यसमा निपुण भएका साधकहरूलाई योगी भन्ने गरिएको हो । 


योगले मन र शरीरलाई स्वस्थ र पूmर्तिलो बनाउनुका साथै असल चरित्रवान् व्यक्तित्वको निर्माण गर्ने भएकोले नरैनापुरवासीलाई योग अभ्यास गर्न आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा नरैनापुरका स्वास्थ्य संयोजक नागेन्द्र कुमार शाह, योगाका प्रशिक्षकहरु सुमित्रा सुबेदी,संगिता शर्मा,निर्माला शाह लगायतले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न योग समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । शिबिरमा वडा नं। १ का अध्यक्ष इसाक जोलाह, वडा नं। ३ का अध्यक्ष अजय मिश्रा, योग समिति नेपालका पदाधिकारी, गाँउपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । योग शिबिरमा सहभागि ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक शाहले जानकारी दिनु भयो । 


यसै गरी शिबिर कै क्रममा भरत महतोको संयोजकत्वमा ७ सदस्य योग समिति नरैनापुर शाखाको गठन गरिएको छ । समितिमा डा।सूर्य प्रकाश शाह, डा। गोपाल तिवारी, नागेन्द्र शाह, नबिन बुढा, रुपवरन यादव र माधव अधिकारी रहनु भएको छ । योग शिविरमा सहभागि हुन नरैनापुर पुगेका योग समितिका पदाधिकारीहरुलाई नरैनापुर गाँउपालिका अध्यक्ष शाहले खादा लगाएर स्वागत गर्नु भएको थियो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…