Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नरैनापुरमा योग शिविर, शाखा गठन

डेक्स

डेक्स

नरैनापुरमा योग शिविर, शाखा गठन
ADVERTISEMENT

गरौं योग । रहौ निरोगी भन्ने नाराका साथ नरैनापुरमा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ । स्वास्थ्य सम्बन्धि जानकारी दिने उदेश्यले नरैनापुर गाँउपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु गिरिराज भट्टराईले प्रशिक्षिण दिनु भएको थियो ।


शिबिरको समापन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालमा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा योगका माध्यम बाट रोग नियन्त्रण गर्न सहयोग मिल्ने बताउनु भयो । उहाँले मानसिक तनाब कम गर्न योग सबैले गर्नु आवश्यक रहेको बताउदै योग गर्न पालिकाले योग समिति संग सहकार्य गरी अगाडि बढ्ने बताउनु जिकिर गर्नु भएको थियो ।


उहाँले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताउनु भयो । उहाँले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताउनु भएको थियो । योग गुरु गिरिराज भट्टराईले भन्नुभयो,योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुन्छ ।

मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ । उसले लोककल्याणकारी काम गर्दछ । योगको अभ्यास गरी यसमा निपुण भएका साधकहरूलाई योगी भन्ने गरिएको हो । 


योगले मन र शरीरलाई स्वस्थ र पूmर्तिलो बनाउनुका साथै असल चरित्रवान् व्यक्तित्वको निर्माण गर्ने भएकोले नरैनापुरवासीलाई योग अभ्यास गर्न आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा नरैनापुरका स्वास्थ्य संयोजक नागेन्द्र कुमार शाह, योगाका प्रशिक्षकहरु सुमित्रा सुबेदी,संगिता शर्मा,निर्माला शाह लगायतले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न योग समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । शिबिरमा वडा नं। १ का अध्यक्ष इसाक जोलाह, वडा नं। ३ का अध्यक्ष अजय मिश्रा, योग समिति नेपालका पदाधिकारी, गाँउपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । योग शिबिरमा सहभागि ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक शाहले जानकारी दिनु भयो । 


यसै गरी शिबिर कै क्रममा भरत महतोको संयोजकत्वमा ७ सदस्य योग समिति नरैनापुर शाखाको गठन गरिएको छ । समितिमा डा।सूर्य प्रकाश शाह, डा। गोपाल तिवारी, नागेन्द्र शाह, नबिन बुढा, रुपवरन यादव र माधव अधिकारी रहनु भएको छ । योग शिविरमा सहभागि हुन नरैनापुर पुगेका योग समितिका पदाधिकारीहरुलाई नरैनापुर गाँउपालिका अध्यक्ष शाहले खादा लगाएर स्वागत गर्नु भएको थियो ।
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…