Pairabi logo

कात्तिक ०४, २०८३, मंगलबार                    

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

डेक्स

डेक्स

नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा  ५१ कुण्डिय गायत्री महायज्ञ यही बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको  खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ ।

वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि १२ बजेसम्म दिव्य आकर्षक झाँकीको साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रा, गायत्री शक्तिपीठ धम्बोझी देखि नगर परिक्रमा गरी शुभारम्भ हुने छ ।

साझ ४ बजेदेखि ७ बजेसम्म युग ऋषी तपोनिष्ट वेदमूर्ति पं। श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञापुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने आयोजकले बताएको छ भने दोस्रो दिन अथवा २७ गते बिहान ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

७ देखि ११ बजेसम्म विशिष्ट देव आवाहन एवं पूजन डा। जी राज शाक्य ज्यको सहयोगबाट निर्मित यज्ञशालाको उदघाटन संगीतमय श्रीमद् पावन पज्ञापुराण कथा भई शुभारम्भ हुनेछ भने तेस्रो दिन २८ गते बिहान ५ देखि ६ सम्म ध्यान साधना एवं योग व्यायाम, ७ देखि ११ सम्म गायत्री महायज्ञ एवं विभिन्न संस्कार हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

दिउँसो १ः३० देखि ३ बजेसम्म कार्यकर्ता गोष्ठी र ४ बजेदेखि ७ बजेसम्म श्रीमद् पावन प्रजापुराण कथा एवं भव्य दीप महायज्ञ हुनेछ भने चोैंथो अर्थात् अन्तिम दिन बैशाख २९ गते ५ देखि ६ बजेसम्म ध्यान साधना एवं योग व्यायाम हुने छ ।

७ देखि ११ सम्म गायत्री महायज्ञ की पूर्णाहूति हुने र दिउँसो १२ देखि ४ बजेसम्म सत्यनारायण पाठकद्वारा सम्पन्न सवा करोड़ गायत्री मन्त्र जप अनुष्ठानको पूर्णाहूति एवं विभिन्न संस्कार आचार्यगणको विदाई प्रसाद भण्डारा गराई समापन हुने आयोजक गायत्री परिवार पज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवारले बताएको छ ।

 महायज्ञको जिम्मेवारीमा संयोजक सत्यनारायण प्रसाद पाठक, सह–संयोजक डा. विजयप्रसाद प्रधान, महासचिव वेचन गुप्ता, आर्थिक व्यवस्थापनमा गिरवर प्रसाद अग्रवाल, आवासीयमा आकाश गुप्ता, मुख्य प्रचार समितिमा पशुपति दयाल मिश्र, प्रचार समितिमा राज किशोर वढई, पंजियवमा पदम अर्याल, पोडाल समितिमा मनीस कर्माचार्य, यज्ञशाला समितमा रेनु बेलबासे, भोजानालय समितिमा राम गोपाल वैश्य, कलशयात्रामा सेतुलि माया श्रेष्ठ, चन्द्रकला शर्मा, शान्ति सुरक्षामा नारायणदत्त पोख्रेल, गंगा राम थापा, सचिवालयमा राम गोपाल अग्रवाल, जलकल विभागमा बाबा दीन वर्मा, सरसफाइमा विभागमा मीन प्रकाश केसी र मीडिया प्रभारीको जिम्मेवारी रुद्र सुवेदीलाई दिएको आयोजकले बताएको छ ।

ताजा

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

लोकप्रिय

यो पनि

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…